Biratnagar, Morang, Nepal
९ साउन २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कोशी, बागमती र लुम्बिनीमा एमाले र कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्ने सहमति

९ साउन २०८३, शनिवार

Advertisement

विराटनगर । नेकपा एमाले र नेकपाबीच सात मध्ये पाँचवटा प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति भएको छ । दुई दले शनिबार लामो वार्तापछि सहमति पत्रैमा हस्ताक्षर गरिसकेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमति अनुसार एमालेले कोशीसहित बागमती र लुम्बिनी प्रदेशको नेतृत्व गर्ने भएको छ । नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने जनाइएको छ ।

मधेश र गण्डकी प्रदेशमा भने सरकार बनाउने अंक गणितका कारण निर्णयमा पुगेका छैनन् । दुई प्रदेशमा अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप टुंगो लगाउने गरी तीन बुँदे सहमति भएको जनाइएको छ ।

View : 75

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved