Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
खेलकुद

इटहरीमा पृतनापति ट्रफी सुरू

उद्‌घोष संवाददाता
१९ जेठ २०८३, मङ्गलवार

सुनसरी । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीमा ‘पृतनापति ट्रफी– २०८३’ सुरू भएको छ । 

आइतबारदेखि सुरू भएको प्रतियोगिताको पूर्वी पृतनाका पृतनापति उपरथी गौरवकुमार केसीले उद्घाटन गरेका छन् । 

जेठ ३१ गतेसम्म सञ्चालन हुने पृतनापति ट्रफीमा फुटबल, भलिबल, बास्केटबल, पौडी, बक्सिङ, जुडो र एथलेटिक्स गरी ८ वटा बिधाका खेल समावेश छन् । 

ती खेलहरूमा पूर्वी पृतना हेडक्वाटर अन्तर्गतका ३ वटा बाहिनीका १० वटा गण तथा ४ वटा गुल्महरूबाट छनोट भएर आएका ८ सय २० खेलाडीहरूको सहभागिता छ ।

८ सय २० पुरूष र १ सय ७६ महिलाले प्रतिष्पर्धा गर्ने प्रतियोगिताका उत्कृष्ट टोली तथा खेलाडीहरूले प्रधान सेनापति ट्रफीमा प्रतिष्पर्धा गर्न पाउने छन् । 

प्रधान सेनापति ट्रफी आगामी भदौमा काठमाडौंमा आयोजना हुने नेपाली सेनाले जनाएको छ ।

View : 86

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved