Biratnagar, Morang, Nepal
१५ असार २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

आगुऔषधविरुद्धको महाअभियानको टिकटक प्रतियोगितामा प्रथम भइन् आयुषा

उद्‌घोष संवाददाता
१५ असार २०८३, सोमवार

प्रथम पुरस्कार ग्रहण गर्दै आयुषा विक । तस्वीर : सुशांक दाहाल/उद्घोष

Advertisement

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लागुऔषधविरुद्धको महाअभियान अन्तर्गत आयोजना गरेको सकारात्मक सन्देश दिने टिकटक भिडियो प्रतियोगिताका पाँचौं स्थानसम्म हासिल गरेका प्रतियोगीहरु सोमबार पुरस्कृत भएका छन् ।

प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सर्वोत्कृष्ट पाँच, उत्कृष्टभित्र पर्न सफल २० प्रतियोगीहरुले सान्तवना पुरस्कार पाएका छन् ।

प्रतियोगितामा विराटनगर–३ घर भएकी आयुषा विक प्रथम भएकी छन् । उनले पुरस्कारवापत ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छन् ।

त्यस्तै दोस्रोमा हीराबहादुर बिक पर्न सफल भएका छन् । उनी ४० हजार रुपैयाँसहित पुरस्कृत भएका छन् । तेस्रो र चौथो हुनेमा अमीर श्रेष्ठ र शंकरकुमार शर्मा रहेका छन् ।

उनीहरुले क्रमशः ३० हजार र २० हजार रुपैयाँ जित्दै पुरस्कृत भएका हुन् । त्यस्तै पाँचौ स्थानमा आयुषा आचार्य र कीरण निरौला पाँचौं स्थानमा पर्न सफल भएका छन् । ती दुबैले बराबर अंक प्रँप्त गरेका हुनाले १० हजारको पाँचौ पुस्कार आधा आधा प्राप्त गरेका हुन् ।

लागुऔषध सेवनले समाजलाई कुरुप बनाएको छ । विशेषगरी युवा उमेर समूहकाहरु बढी लागुऔषधमा फँस्ने गरेको तथ्यांले देखाएको छ । प्रहरी कार्यालय मोरङको तथ्यांकले पनि बढी युवाहरु लागुऔषधको कुलतमा फँस्ने गरेको बताएको छ । 

मोरङ प्रहरीले आयोजना गरेको सो कार्यक्रममार्फत निकैले प्रेरित हुन र सचेत हुन सक्ने बताइएको छ । त्यस्तै ‘लागुऔषध विरुद्ध सबैनजना एक हौं’ भन्ने जनचेतना अभिवृद्धि गर्न सो कार्यक्रमको आयोजना गरिएको जिप्रका मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवाल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय मोरङका उप–अनुसन्धान निर्देशक राजन शर्मा सापकोटाको उपस्थिति रहेको थियो । 

त्यस्तै उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतलगायत मोरङ जिल्लाका विभिन्न उद्योगी व्यवसायीहरु, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायतको समेत उपस्थिति थियो ।

View : 34

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved