Biratnagar, Morang, Nepal
२६ जेठ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

ग्रीनल्याण्डमा भर्ना भए साढे सात सय विद्यार्थी

उद्‌घोष संवाददाता
२६ जेठ २०८३, मङ्गलवार

विराटनगर । विराटनगरस्थित ग्रीनल्याण्ड कलेजको कक्षा ११ मा साढे सात सय विद्यार्थी भर्ना भएका छन् । भर्ना भएका नयाँ विद्यार्थीहरूलाई मंगलबार भव्य स्वागत गर्दै कलेजको शैक्षिक कार्यक्रमबारे अभिमुखीकरण गरेको छ ।

विद्यार्थी अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले विद्यार्थीको जीवनको लक्ष्य हाँसिल गर्न शैक्षिक संस्थाले ठूलो सहयोग गर्नुपर्ने बताइन् । 

उनले विराटनगरका हरेक शैक्षिक संस्था विराटनगर महानगरपालिकाको पनि सम्पत्ति भएको भन्दै हरेक शैक्षिक संस्थाले विद्यार्थीको भविष्य निर्माण गर्ने थलो बन्नुपर्ने बताइन् । 

‘विद्यार्थीहरूले पनि मेहेनत गरेर पढ्नुपर्छ, अनिमात्रै जिवन उज्यालो हुन्छ, सवैको लक्ष्य प्राप्ति होस्, शुभकामना छ’ उनले भनिन् ।

कलेजमा विज्ञान, कम्प्युटर साइन्स, होटल व्यवस्थापन र व्यवस्थापन संकायमा ठूलो संख्यामा विद्यार्थी भर्ना भएको प्राचार्य दिनेश दाहालले बताए ।

उनले विद्यार्थीहरूलाई स्वागत गर्दै ग्रिनल्याण्ड कलेजले सँधै गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकता दिंदै आएको बताए । कलेजले विद्यार्थीहरूको चौतर्फी विकासका लागि आगामी दुई बर्षसम्म कुनै कसुर बाँकी नराख्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

कलेजका अध्यक्ष रविन्द्र घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागी विद्यार्थीहरूले गीत संगीत र नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । 

सो अवसरमा कलेजका सहायक प्राचार्य ईश्वरीप्रसाद मिश्र, विज्ञानका संयोजक पीताम्बर लुईटेल, होटल व्यवस्थापनका संयोजक प्रदीप दाहाललगायत कलेजका सञ्चालकहरू, विद्यार्थीका अभिभावकलगायतको उपस्थिति थियो ।

व्यवस्थापन संकायको प्रवेश परीक्षामा सर्वोत्कृष्ट अंक ल्याएकी विद्यार्थी समीक्षा मुडियारी र अभिभावक हरिनारायण चौधरीले कलेजको शैक्षिक वातावरणबारे अनुभव प्रस्तुत गरेका थिए ।

View : 77

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved