Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान

उद्‌घोष संवाददाता
२९ असार २०८२, आइतवार

विराटनगर । विराटनगर महानगरपालिकाले  माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सर्वोत्तम नतिजा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयबाट ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई महानगरले सम्मान गरेको हो । 

४ जीपीए ल्याउने विद्यार्थीहरूमा वीकेभिएमका अभियान राजवंशी, गौरव झा, मौलिक ढकाल, नैतिककुमार पोद्दार, प्रिन्सा साह र श्रेहनराज साह छन् । 

यसैगरी आदर्श माविका प्रिन्सकुमार गुप्ता, प्रियांश यादव, संयोग भट्टराई र श्रेय शर्मालाई सम्मान गरिएको थियो । 

त्यस्तै एभरेष्टका कृति गोयल, प्रेम खतिवडा, पोखरियाकी रागिनी न्यौपाने, सगरमाथाका सुशोभित न्यौपाने, कान्तिपुरका आयुषा कार्की र जेम्स स्कुलकी श्रीजी पोखरेललाई सम्मान गरिएको थियो । 

त्यस्तै उत्कृष्ट नतिजा ल्याउने वीकेभिएमका प्राचार्य रविन दाहाल, आदर्श माविका प्रधानाध्यापक सन्तोष पोखरेल, एभरेष्टका प्राचार्य टीकाराम पुरी, पोखरिया माविका सहायक प्रधानाध्यापक महेश गौतम, सगरमाथाका प्राचार्य त्रिलोचन गौतम, कान्तिपुरका प्राचार्य भेषराज नेपाल (भुवन) र जेम्सका पंकज खड्कालाई समेत सम्मान गरिएको थियो । 

कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, शिक्षा समितिका सदस्य रमानाथ भट्टराई लगायतले सम्मान गरेका थिए । 

विराटनगर क्षेत्रका ७ वटा विद्यालयका १६ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए । मोरङभरिमा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १८ जना रहेको छ । 

महानगरका २५ सार्वजनिक र ७२ वटा संस्थागत गरी ९७ वटा विद्यालयका ४ हजार ५२९ जना विद्यार्थीले एसईई दिएका थिए । 

जसमा ३ हजार ६९० जना अर्थात् ८१ दशमलव ४७ प्रतिशत विद्यार्थी ग्रेडिङ (उत्तीर्ण) भएका छन् । ८३९ जना भने ननग्रेडिङ भएका छन् ।

View : 379

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved