Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

‘कुशल अभिभावकत्व’ मा ग्रेडेडको जोड

उद्‌घोष संवाददाता
८ चैत २०८२, आइतवार

विराटनगर । विराटनगर–८ स्थित ग्रेडेड इङ्लिस मेडियम माध्यमिक विद्यालयले विद्यार्थीको सिकाइ क्षमता प्रभावकारी बनाउन ‘कुशल अभिभावकत्व’ को भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ ।

विद्यालयले विद्यार्थीको सर्वाङ्णि विकासका लागि कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीका करीव पाँच सय अभिभावकहरूलाई सहभागी गराएर शनिबार ‘कुशल अभिभावकत्व’ सम्बन्धी अभिमुखीकरण गरेको हो ।

प्राचार्य प्रेमलालसिंह सुवालले अभिभावकस“ग सहकार्यलाई मजबुत बनाउन यस्तो कार्यक्रम गरिएको जानकारी दिए । 

उनले हरेक अभिभावकले गुणस्तरीय, व्यवहारिक र अनुशासित शिक्षाको चाहना गर्ने भएकोले त्यसका लागि विद्यालयले अभिभावकको दायित्व र जिम्मेवारीबारे जानकारी दिइएको बताए । 

सुवालले विद्यालयलाई आगामी वर्षदेखि शिक्षा क्षेत्रको अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आईएसओ) मान्यता प्राप्त गर्ने स्थानमा पुर्‍याउन मेहेनत गरिरहेकोले अभिभावकहरूलाई अझ जिम्मेवार बनाउन अभिमुखीकरण गरिएको जानकारी दिए । 

कार्यक्रममा एभरेष्ट इन्टरनेशनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सी प्रालिका कार्यकारी अधिकृत शैलेन्द्र खरेलले गुणस्तरीय शिक्षाका क्षेत्रबारे जानकारी गराएका थिए । उनले अभिभावकको दायित्वबारे सहजीकरण गरेका थिए । 

कार्यक्रममा प्याब्सन कोशी प्रदेश समितिका अध्यक्ष सुमित थापा, अभिभावक संघका अध्यक्ष देवी पन्थीलगायतले शुभकामना दिए ।

उक्त अवसरमा विद्यार्थीहरूले गीत, नृत्य लगायतका कला तथा अतिरिक्त क्षमता प्रस्तुत गरेका थिए ।

 

View : 471

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved