Biratnagar, Morang, Nepal
५ चैत २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

विराटनगरमा अनिल–मीन ट्रफी क्रिकेट हुँदै

उद्‌घोष संवाददाता
४ चैत २०८२, बुधवार

विराटनगर । विराटनगरमा ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगिता हुने भएको छ । 

विराटनगरको मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा बिहीबारदेखि प्रतियोगिता हुन लागेको नेपाल क्रिकेट फाउण्डेसनले जनाएको छ ।

प्रतियोगितामा मोरङ र सुनसरीका दुईवटा टोली सहभागी हुने सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो । 

कोशी प्रदेशको क्रिकेट विकासका लागि प्रतियोगिता गर्न लागिएको फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले बताए । 

कोशी प्रदेशको क्रिकेट विकासका लागि फाउण्डेसनले विभिन्न गतिविधि गरिरहेको जानकारी दिंदै उनले  यो प्रतियोगिताले क्रिकेट खेलाडीहरूमा हौसला प्रदान हुने बताए ।

कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डेका अनुसार मोरङका अनिल र सुनसरीका मीन केही दशक अगाडिका बहुचर्चित क्रिकेट खेलाडी हुन् । उनीहरूको सम्मानका लागि प्रतियोगिता गर्न लागिएको पाण्डेले बताए । 

प्रतियोगितालाई कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग उपलब्ध गराउने जनाइएको छ ।

५० ओभरमा हुने खेलमा ‘वेष्ट अफ थ्री’ का आधारमा विजेता घोषित गरिने मोरङ क्रिकेट संघका अध्यक्ष मोहम्मद साद बाबुले बताए । प्रतियोगितामा मोरङ र सुनसरीका सिनियर तथा जुनियर खेलाडीहरू मैदानमा उत्रिने छन् ।

View : 44

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved