Biratnagar, Morang, Nepal
२९ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

एभरेष्ट मन्टेश्वरीमा चाडपर्व विशेष कार्यक्रम सम्पन्न

उद्‌घोष संवाददाता
२८ असोज २०८३, बुधवार

Advertisement

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट माविको मन्टेश्वरीमा दशैं, तिहार, नेपाल सम्वत्, म्ह पूजा, छठलगायतका विविध पर्व लक्षित गर्दै विशेष कार्यक्रम गरिएको छ ।

पाठ्यक्रममा चाडपर्वहरूको विषयमा उल्लेख भएपनि त्यसलाई व्यवहारिक रुपमा कसरी मनाइन्छ भन्ने बुझाउन चाडपर्व लक्षित कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नवरात्रिमा पुजिने विभिन्न दुर्गा माताका विभिन्न स्वरुपमा विद्यार्थीहरुलाई सजाई पुजिएको थियो ।

यस्तै दशैंमा गरिने पूजा आराधना देखि मनोरञ्जनमा समेत विद्यार्थीले सहभागिता जनाएका छन् ।

यसैगरी म्ह पूजाको विधि, तिहारमा गरिने विभिन्न संस्कार तथा छठ पर्वमा हुने गतिविधि समेत विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । मन्टेश्वरी तहका प्ले ग्रुपदेखि कक्षा १ सम्मका २५० जना विद्यार्थीले विभिन्न चाडपर्वहरूको प्रदर्शन गरेका हुन् ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले चाडपर्वहरु हाम्रा संस्कृती र संस्कार पनि हुन् भन्दै पूर्वीय दर्शन अनुसार नेपालका संस्कार र संस्कृति रहेकाले त्यसलाई जोगाई राख्न व्यवहारिक रुपमा ज्ञान दिन कार्यक्रमको आयोजना भएको बताए ।

उनले भने, ‘हाम्रो कला, धर्म र संस्कृति जोगाउनुपर्छ, त्यसका लागि व्यवहारिक ज्ञान दिनुपर्छ भन्ने उद्देश्यले प्रयोगात्मक रुपमा प्रदर्शन गरिएको हो ।’

एभरेष्टले शिक्षालाई सीप संस्कार र प्रविधिलाई सँगसँगै जोडेर अघि बढेको भन्दै उनले हरेक किताबी ज्ञानलाई प्रयोगात्मक समेत गराउँदै आएको बताए ।

सानैदेखि आफ्ना कला, धर्म, संस्कृति र संस्कार सिकाउन आवश्यक रहेको भन्दै उनले यो कार्यक्रम प्रभावकारी हुँदै आएको समेत बताए ।

मन्टेश्वरीका विद्यार्थीले गरेजस्तै बिहीबार प्राथमिक तहका विद्यार्थीहरुले चाडपर्व लक्षित कार्यक्रम गर्ने समेत उनले जानकारी दिए ।

कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, नेपाल पत्रकार महासंघ कोशीका कोषाध्यक्ष सुदीप कोइराला, विद्यालय प्रशासन प्रमुख एञ्जिला कोइराला, विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोल लगायतको उपस्थिति थियो ।

View : 33

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved