Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

मोरङबाट १८ हजार विद्यार्थी एसईईमा सहभागी हुँदै

उद्‌घोष संवाददाता
८ चैत २०८२, आइतवार

विराटनगर । चैत १९ गतेदेखि सुरु हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोरङबाट १८ हजार १७५ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

साधारण धारतर्फ १६ हजार ६२०, प्राविधिक धारतर्फ ६२६ र ग्रेड वृद्धितर्फ ९२९ जना विद्यार्थीहरू एसईई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई

मोरङको परीक्षा शाखाका प्राविधिक सहायक राजन भट्टराईले जानकारी दिए । जसमध्ये छात्रा ९ हजार ५ र छात्र ९ हजार १७० जना छन् । 

उनका अनुसार कोशी प्रदेशको १४ जिल्लामध्ये यो संख्या सबैभन्दा धेरै हो । उनले मोरङमा ६१ परीक्षा केन्द्र तोकिएको बताए । 

परीक्षालाई मर्यादित र अनुशासित बनाउन कार्यालयले परीक्षा सम्बन्धी कामकाजलाई व्यवस्थित गरी अनुगमनलाई प्रभावकारी बनाउने जनाइएको छ । 

मोरङमा सामुदायिक विद्यालयतर्फ १७३ विद्यालय सहभागी हुँदैछन् भने संस्थागत विद्यालयतर्फ २२६ वटा विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी हुने जनाइएको छ । 

सामुदायिक विद्यालयबाट ११ हजार ४२ र संस्थागतबाट ७ हजार १३३ विद्यार्थीहरू परीक्षामा सहभागी हुने भट्टराईले बताए ।

प्राविधिकधारतर्फ १६ वटा विद्यालयहरू छन् । जसको परीक्षा केन्द्र महेन्द्र मावि गहेली विराटनगर र कबीर मावि बेलबारी कायम गरिएको परीक्षा शाखाले जनाएको छ । 

पुरानो ग्रेडवृद्धितर्फको परीक्षामा २९ जना विद्यार्थी सहभागी छन् । उनीहरूले परीक्षा विराटनगरस्थित गोग्राहा माध्यमिक विद्यालय बरगाछी परीक्षा केन्द्रबाट परीक्षा दिने जनाइएको छ । 

मोरङमा केही सामुदायिक विद्यालयहरूबाट ठूलो संख्यामा विद्यार्थीहरूले एसईई परीक्षामा सहभागी हुने भएका छन् । 

विराटनगरको पोखरिया माध्यमिक विद्यालय, आदर्श माध्यमिक विद्यालय र सुकुना माध्यमिक विद्यालय सुन्दरहरैंचाबाट ४०० भन्दाबढी परीक्षार्थीहरू परीक्षामा सहभागी हुने जनाइएको छ ।

View : 158

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved