Biratnagar, Morang, Nepal
३० फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

बेकोले ल्यायो फ्रि एसी सर्भिस र एक्सचेन्ज योजना

उद्‌घोष संवाददाता
२९ फागुन २०८२, शुक्रवार

विराटनगर । अन्तर्राष्ट्रिय रूपमा परिचित होम एप्लायन्स ब्रान्ड बेकोले नेपालमा ग्राहक केन्द्रित विशेष फ्रि एसी सर्भिस क्याम्प अभियान सार्वजनिक गरेको छ । 

सिजी इलेक्ट्रोनिक्स मार्फत सञ्चालन हुने सो अभियानले गर्मी मौसम सुरु हुनु अघि ग्राहकहरूको एयर कन्डिसनरलाई उत्कृष्ट अवस्थामा राख्ने तथा नयाँ प्रविधियुक्त एसीमा अपग्रेड गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।

यस सेवा अभियान अन्तर्गत ग्राहकहरूले आफनो एसीको निःशुल्क जाँच तथा सर्भिस सुविधा प्राप्त गर्न सक्ने छन् । जुन अधिकृत प्राविधिक टोलीद्वारा गरिने छ । 

नियमित सर्भिसले एसीको कुलिङ क्षमता सुधार गर्नुका साथै उपकरणको आयु बढाउन पनि सहयोग गर्ने कम्पनीले जनाएको छ ।

अभियानका क्रममा ग्राहकहरूले सेवा शुल्क पूर्ण रूपमा निःशुल्क पाउनेछन् भने आवश्यक पर्ने स्पेयर पार्टसमा ५० प्रतिशत सम्म छुट उपलब्ध हुनेछ । साथै, नयाँ बेको एसी  खरिद गर्ने ग्राहकहरूका लागि २० प्रतिशतसम्म विशेष छुट पनि प्रदान गरिनेछ ।

यस्तै, ग्राहकहरूले जुनसुकै ब्रान्डको पुरानो एसी साटेर नयाँ बेको एसी खरिद गर्न सक्ने छन् । जसमा ५० प्रतिशतसम्म अतिरिक्त मूल्याङ्कन प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । 

त्यसैगरी, नयाँ बेको एसी खरिद गर्दा ग्राहकहरूले ४ हजार बराबरको निःशुल्क इन्स्टलेसन सेवा पाउने छन् । 

साथै, भविष्यका सेवाहरूलाई अझ सहज बनाउन ३ हजार बराबरका दुईवटा सर्भिस कुपन पनि उपलब्ध गराइने जसलाई ६ महिनासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

View : 35

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved