विराटनगर । घर बनाउने बनाउने विभिन्न प्रविधिमध्ये हामीले प्रयोग गर्दै आइरहेका बाँसबाट पनि धेरै उपयोगी र टिकाउ घर बनाउन सकिने प्रविधि लोकप्रिय बन्दै गएको छ ।
विराटनगरमा जारी घर निर्माण प्रदर्शनीमा बेम्बो आर्किटेक्चर एण्ड एलाइड सोलुसन प्रालिले बाँसबाट बनाउन सकिने घरको बारेमा जानकारी दिंदै आएको छ ।
बाँसबाट बन्ने घर सबैभन्दा धेरै वातावरणमैत्री हुने गरेको छ । बाँसको घर निर्माण गर्नुअघि बाँसलाई केमिकलमा उपचार गरिन्छ । यस्तो घर कम खर्चिलो र वातावरणमैत्री हुने बेम्बो आर्किटेक्टरका म्यानेजिङ डाइरेक्टर इन्द्र कामतले बताए ।
‘केमिकलबाट उपचार गरेपछि बाँसमा सत्प्रतिशत किरा लाग्दैन, यस्तो बाँसबाट बनेको घर ३०–४० वर्षसम्म टिक्ने गर्दछ’ उनले भने, ‘खर्च पनि कम लाग्छ, ६ लाख रुपैयाँमा त राम्रो घर निर्माण हुन्छ ।’
उनका अनुसार बाँसबाट बनाउने घर छिटो समयमा निर्माण हुन्छ ।
यस्तो घरबाट अन्य घरहरूबाट जस्तो कार्बन उत्पादन पनि नहुने र वातावरणका लागि दीर्घकालीन फाइदाजनक रहेको उनले बताए ।
बाँस जताततै पाइने भएकोले यसको प्रयोग बढाउन सके स्वदेशी वस्तुको प्रयोग बढ्ने र रोजगारी पनि सिर्जना हुने कामत बताउँछन् ।
आफूहरूले बाँसका घर निर्माण गर्न इच्छुकहरूलाई उपचार गरिएको बाँस मात्रै पनि उपलब्ध गराउने र घर तयार गरेर हस्तान्तरण पनि गरिदिन सक्ने बताए । त्यस्तै पक्की घरको दिवालमा इँटाको प्रयोगको साटो बाँसकै दिवाल समेत लगाउन सकिने प्रविधि पनि आफूहरूसँग रहेको उनले बताए ।
View : 167
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved