Biratnagar, Morang, Nepal
६ असोज २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

कांग्रेस वडा अधिवेशन : मोरङ ५ का २४ वटै वडामा सर्वसम्मत

उद्‌घोष संवाददाता
५ असोज २०८३, सोमवार

Advertisement

विराटनगर । मोरङ क्षेत्र नं ५ का २४ वटै वडामा सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । 

नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य अमृत अर्यालको पहलमा सवै वडामा सर्वसम्मत प्रतिनिधि र वडा नेतृत्व चयन सम्भव भएको बताइएको छ । 

मोरङ क्षेत्र नं ५ अन्तर्गत विराटनगर महानगरपालिकाका वडा नं १३, १४,१५,१६,१७ र १८, जहदा गाउँपालिकाका ७, धनपालथान गाउँपालिकाका ७ र रंगेली नगरपालिकाका ४ वटा वडा पर्छन् । 

कांग्रेस केन्द्रीय सदस्य अर्यालले अधिकांश नेता तथा कार्यकर्ताको समर्थनमा सर्वसम्मत वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्न सफल भएको बताए । 

अर्याल जहदा गाउँपालिका वडा नं १ बाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

View : 81

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved