Biratnagar, Morang, Nepal
११ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम कायमै

उद्‌घोष संवाददाता
१० भदौ २०८३, बुधवार

Advertisement

काठमाडौं । चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेपछि भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ ।

नेपाल बाढी सूचनाले बुधबार दिउँसो १ः३५ बजे सूचना जारी गर्दै अर्को सूचना नआएसम्म भोटेकोशी र त्रिशूली नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको हो ।

नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेका कारण जुनसुकै बेला नदीको बहाव बढ्न सक्ने जोखिम रहेकाले तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन सूचनामा आग्रह गरिएको छ ।

View : 45

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved