Biratnagar, Morang, Nepal
२९ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरको मातृका गल्लीबाट खैरो हेरोइनसहित दुई पक्राउ

उद्‌घोष संवाददाता
२९ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । लागुऔषध खैरो हेरोइनसहित विराटनगर–७ स्थित मात्रृका गल्लीबाट बुधबार साँझ दुई जना पक्राउ परेका छन् । 

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, काठमाडौंले ३४.५६० ग्राम खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा विराटनगर–१७ निवासी १९ वर्षीय बासु मण्डल र सोही स्थानका १८ वर्षीय एक नाबालक छन् । 

प्रहरीका अनुसार उनीहरूको साथबाट ३४.५६० ग्राम खैरो हेरोइन र तीन थान मोबाइल बरामद गरिएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बताइएको छ ।

View : 16

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved