विराटनगर । नेपालमा अन्तर्राष्ट्रिय तथा प्रिमियम परफ्युम र फ्रेग्रेन्सका लागि परिचित इना सेन्टर नेपाल प्रालिले विराटनगरमा आफ्नो छैटौं शाखा शनिबारदेखि सञ्चालनमा ल्याएको छ ।
विराटनगरस्थित सेन्ट्रल मलको ग्राउन्ड फ्लोरमा स्थापना गरिएको नयाँ शाखाको शनिबार भव्य उद्घाटन गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र मिस नेपाल वर्ल्ड २०२५ लुना लुइटेलले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका हुन् ।
इना सेन्टरका संचालक प्रबन्ध निर्देशक उद्वव बर्तौलाका अनुसार नेपालमा परफ्युम तथा फ्रेग्रेन्स क्षेत्रमा २५ वर्षभन्दा बढी समयदेखिको अनुभवलाई विराटनगरमा शाखा विस्तारमार्फत पूर्व क्षेत्रमा विस्तार गरिएको हो ।
कम्पनीले अन्तर्राष्ट्रिय, लक्जरी, निच तथा मिडल इस्टर्न फ्रेग्रेन्सका उत्पादनहरू उपलब्ध गराउँदै आएको जनाएको प्रबन्ध निर्देशक बर्तौलाले जानकारी दिए ।
कम्पनीले विगतमा काठमाडौं उपत्यकाभित्र चार वटा र पोखरामा शाखा विस्तार गरेको छ ।
विराटनगर शाखाबाट पूर्वी नेपालका ग्राहकले विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका ओरिजिनल तथा प्रिमियम परफ्युम एउटै स्थानबाट खरिद गर्न सक्ने कम्पनीको भनाइ छ । कम्पनीले विश्वप्रसिद्ध ब्रान्डका मौलिक उत्पादन उपलब्ध गराउँदै आएको जनाएको छ ।
इना सेन्टर नेपाल प्रालिको छैटौं शाखा उद्घाटन गरेपछि महासंघका कोशी प्रदेश अध्यक्ष राउतले विराटनगर जस्तो औद्योगिक तथा व्यवसायिक विरासत बोकेको सहरमा विभिन्न अन्तर्राष्ट्रिय तथा प्रिमियम परफ्युम र फ्रेग्रेन्स आउनु निकै खुसीको विषय भएको बताए ।
शाखा विस्तारले विराटनगर तथा पूर्वी नेपालमा परफ्युमप्रतिको रुचि र बजार विस्तारसँगै ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको परफ्युम खरिदको अनुभव उपलब्ध गराउने अपेक्षा गरिएको बताए ।
विराटनगरमा शाखा विस्तारसँगै पूर्वी नेपालका ग्राहकलाई गुणस्तरीय र अन्तर्राष्ट्रिय फ्रेग्रेन्स सहज रूपमा उपलब्ध गराउने उद्देश्य रहेको जनाइएको छ ।
View : 125
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved