Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

बरालको ‘कोशी’ लोर्कापण

उद्‌घोष संवाददाता
१९ जेठ २०८३, मङ्गलवार

पुस्तक लोर्कापण गर्दै मुख्यमन्त्री कार्की, प्रकाशक हरि गौतम, लेखक बराल र पर्यटन ब्यवसायी भबिष श्रेष्ठ । तस्वीर : उद्घोष

विराटनगर । पर्यटन ब्यवसायी तथा लेखक वासुदेव बरालको ‘कोशी’ गन्तव्य, अनुभव र सम्भावना नामक पुस्तक सोमबार विराटनगरमा एक समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोर्कापण गरेका छन् ।

कोशी प्रदेशको पर्यटन सम्भावना, गन्तव्य, अनुभव र विकासका आयामलाई केन्द्रमा राखेर लेखिएको कृति हो । 

पर्यटन उद्यमी, अभियानकर्मी र लेखकका रूपमा लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय बरालले आफ्नो अनुभव, अवलोकन र अध्ययनलाई पुस्तकमा समेट्दै आगामी दिनमा गर्न सकिने सम्भावनालाई औल्याएका छन् ।

कोशी प्रदेशका धार्मिक, प्राकृतिक, साहसिक तथा सामुदायिक पर्यटन गन्तव्यहरूको परिचय मात्र नभई पुस्तकमा ती क्षेत्रलाई पर्यटनका माध्यमबाट कसरी आर्थिक तथा सामाजिक रूपमा विकास गर्न सकिन्छ भन्ने विषयमा पनि चर्चा गरिएको छ । बराहक्षेत्र, हलेसी धाम, पाथीभरा, गुफापोखरी लगायतका गन्तव्यलाई लेखकले विशेष महत्व दिएका छन् ।

पर्यटनलाई केवल भ्रमणको विषयका रूपमा नभई लगानी, रोजगारी, सीमापार सहकार्य र क्षेत्रीय विकाससँग जोडेर हेरेका छन् । 

पुस्तकमा नेपाल, भारत, भुटान र बंगलादेशबीचको पर्यटन सहकार्य, धार्मिक पर्यटनको विस्तार, साहसिक पर्यटनका सम्भावना तथा नयाँ गन्तव्यको प्रवद्र्धनबारे विचार प्रस्तुत गरिएको छ ।

धरानलाई केन्द्रमा राख्दै लेखकले भेडेटार प्याराग्लाइडिङ, तमोर नदीको ¥याप्टिङ, सामुदायिक होमस्टे, साँगुरीगढी हाइकिङ, पिण्डेश्वर बोलबम यात्रा, विजयपुर क्षेत्र तथा अन्य स्थानीय पर्यटन गतिविधिका अनुभव र सम्भावनाहरूलाई पनि उनले पुस्तकमा समेटेका छन् । 

इलामको कम चर्चित सलकपुर क्षेत्रदेखि हिमाली दृश्यावलोकनका लागि प्रसिद्ध गुफापोखरीसम्मका गन्तव्यलाई उनले आकर्षक ढंगले प्रस्तुत गरेका छन् ।

पुस्तकको अर्को महत्वपूर्ण पक्ष भनेको कोशी प्रदेशको पर्यटन इतिहास, पर्यटन अभियान र यस क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूको दस्तावेजीकरण हो । यसले विभिन्न समयका पर्यटन गतिविधि, अभियान र स्थानीय पहलहरूलाई अभिलेखीकरण गर्ने काम गरेको छ । 

लोर्कापण कार्यक्रममा मुख्यमन्त्री कार्कीले पुस्तक प्रदेशका लागि मार्गदर्शन बन्न सकोस् भन्ने शुभकामना दिए ।

लेखक बरालका अनुसार पत्रकारिता गर्दा ताकादेखि लेखेका लेख, अनुभव र अध्ययनलाई समेटेर पुस्कतक तयार गरिएको हो । 

ओरिएन्टल पब्लिकेशन काठमाडौले प्रकाशन गरेको सो पुस्तकको चर्चा गर्दै साहित्यकार सीमा आभाषले स–साना तर बढी अर्थ राख्ने थप कुरालाई समावेश गर्न सुझाव दिइन् ।

View : 58

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved