विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले विभिन्न प्रतिबन्धित औषधिसहित प्रदेशका विभिन्न जिल्लाका २२ जनलाई पक्राउ गरेको छ । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानहरूबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
कोशी प्रदेश प्रहरीको लागुऔषधविरुद्धको महाअभियानअन्तर्गत लागुऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागुऔषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन तथा मनोपरामर्श र जनचेतना प्रदान गर्ने उद्देश्यले प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयहरूबाट परिचालन भएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
लागुऔषधमा संलग्न २२ जनालाई १८ ग्राम १५० मिलिग्राम खैरो हेरोइन, ५०२ चक्की प्रतिबन्धित औषधि, मोटरसाइकल एक थान, स्कुटर एक थान, सिटी सफारी एक थानसहित उनीहरूलाई पक्राउ गरेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।
कोशी प्रदेश प्रहरीका अनुसार झापाको वडा प्रहरी कार्यालय भद्रपुरले विर्तामोड–६ का देबेन्द्र बिकलाई १ ग्राम ४२० मिलिग्राम, झापा दमक–३ का विकास भुजेल, भद्रपुर–७ की सरिता राजबंशीलाई ६ ग्राम ०९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
त्यस्तै प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड–३ का गणेशप्रसाद ओलीलाई ३०० मिलिग्राम खैरो हेरोइन, बिर्तामोड–४ का चाल्स लिम्बू र उमेश लिम्बूलाई ३ ग्राम ९०० मिलिग्राम गाँजासहित पक्राउ गरेको जनाएको छ ।
त्यस्तै प्रहरी चौकी धरमपुरले शिवसताक्षी नगरपालिका–२ का बीरगंज आंङदम्बेलाई प्रतिबन्धित स्पारेष्ट १०० ट्यावलेट, ट्रामाडोल १०० ट्याव्लेटसहित पक्राउ गरेको छ ।
त्यसैगरी कोशी प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय धरान, इटरी र चतराले बराहक्षेत्र–१ सुनसरीका योगेश न्यौपानेलाई स्पास्मो २९० चक्की, कोरेक्स एक बोतल र धरान २० का बिक्रम उदासलाई २ ग्राम २१० मिलिग्राम खैरो हेरोइन, इटहरीका मोहन परियार, सुमन पासवान, दिपेश राना मगर, सक्षम केसीलाई २०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले धरान–१७ का प्रकाश राईलाई ६४ किलोग्राम गा“जासहित पक्राउ गरेको जनाएको छ ।
त्यस्तै सप्तरी कन्चनरुप–९ का शिवनारायण महतोलाई नाइट्रोजन–१२ चक्की, प्रदीप यादवलाई १ ग्राम ६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ भने धरान रेल्वेबाट बेवारिसे अवस्थामा रहेको ३२ किलोग्राम गाँजा बरामद गरेको छ ।
कोशी प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय रानीले मोरङ कटहरी–३ का कमल रामलाई ५९० मिलिग्राम, सुनसरी दुहबी–८ का संदिप कार्कीलाई ४६० मिलिग्राम, पथरीशनिश्चरे–८ का शंकर माझीलाई ७२० मिलिग्राम र प्रहरी चौकी कर्सियाले धनपालथान–४ का गोपाल सहनीलाई ८०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जनाएको छ ।
View : 17
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved