Biratnagar, Morang, Nepal
९ भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

मालपोत कार्यालय विराटनगर अगाडि फेला परेको नवजात शिशुको सकुशल उद्दार

उद्‌घोष संवाददाता
८ भदौ २०८३, सोमवार

Advertisement

विराटनगर । विराटनगर महानगरपालिका-७ स्थित मालपोत कार्यालय विराटनगर अगाडि नवजात शिशुको फेला परेको छ ।

फेला परेको नवजात शिशुको मोरङ प्रहरीले उद्धार गरी उपचारका लागि कोशी अस्पताल पुर्‍याएको छ ।

सोमबार विहान २- ३ दिनको जस्तो देखिने नवजात शिशु छोरा फेला परेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरीले शिशुको उद्धार गरेको थियो ।

शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । नवजात शिशुलाई उक्त स्थानमा कसले र किन छाडेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

View : 429

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved