Biratnagar, Morang, Nepal
१५ असार २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगर जेसीज र ओरोबीच सम्झौता

उद्‌घोष संवाददाता
१५ असार २०८३, सोमवार

Advertisement

विराटनगर । युवा नेतृत्व विकास, सामुदायिक सेवा जस्ता क्षेत्रमा सक्रिय विराटनगर जेसीज र ओरो डेन्टल केयरबीच शनिबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौतासँगै विराटनगर जेसीजका सदस्य तथा उनीहरूका नजिकका परिवारका सदस्यहरूले गुणस्तरीय दन्त स्वास्थ्य सेवामा विशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।

सम्झौताअनुसार सदस्यहरूले निःशुल्क ओपीडी तथा दन्त परामर्श सेवा पाउने भएका छन् भने डिजिटल एक्स–रे, एवं सम्पूर्ण दन्त उपचार र डेन्टल स्केलिङमा विशेष छुट पाउने भएका छन् ।

सो सहकार्यको मुख्य उद्देश्य दन्त स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै विराटनगर जेसीजका सदस्यहरूलाई सहज, गुणस्तरीय तथा किफायती दन्त स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको विराटनगर जेसीजकी जनसम्पर्क अधिकारी  जेसी आकृति रानी फुयालले बताएकी छन् ।

सम्झौताअनुसार विराटनगर जेसीजले आफ्ना सदस्यहरू, जुनियर जेसीज एवं जेसी बिद्यालय र जेसीजको परिवारसमेतलाई छुट हुनेगरी सम्झौता भएको छ । 

सो सहकार्यबारे प्रभावकारी प्रचारप्रसार गर्ने, सदस्यको पहिचान प्रमाणीकरण गर्ने तथा आवश्यक समन्वय गर्ने जनसम्पर्क अधिकारी जेसी फुयालले बताइन् ।

उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा विराटनगर जेसीजका कर्पोरेट कोअर्डिनेटर प्रकाश सुबेदी, कार्याकारिणी उपाध्यक्ष अनुज दाहाल, उपाध्यक्ष अमित कर्ण लगायतका विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

View : 19

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved