Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

डा. डिल्ली पोखरेल लायन्सको जोन चेयरपर्सनमा चयन

जोन चेयरपर्सनमा चयन भएसँगै डा. पोखरेलका लागि लायन्सको डिष्ट्रिक्ट गभर्नर बन्ने मार्ग प्रशस्त भएको छ।
उद्‌घोष संवाददाता
१२ वैशाख २०८३, शनिवार

Advertisement

विराटनगर । लायन्स क्लब विराटनगर युनाइटेडका पूर्व अध्यक्ष डा. डिल्ली पोखरेल लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘सी’ को जोन चेयरपर्सनमा चयन भएका  छन् । शनिबार महेन्द्र मोरङ क्याम्पस परिसरमा आयोजित एक कार्यक्रमका बीच उनलाई यस नयाँ जिम्मेवारीका लागि शुभकामना प्रदान गरिएको हो।

जोन चेयरपर्सनमा चयन भएसँगै डा. पोखरेलका लागि लायन्सको डिष्ट्रिक्ट गभर्नर बन्ने मार्ग प्रशस्त भएको छ। लायन्स अभियानमा लागेको छोटो अवधिमै महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नु गौरवको विषय भएको क्लबका पूर्व अध्यक्ष मनोज रेग्मीले बताए ।

सो अवसरमा आयोजित हरियाली अभियानका क्रममा क्याम्पसका उपप्राध्यापक डा. शिवचन्द्र चौधरी, कोशी प्रदेशका मुख्यमन्त्रीका आर्थिक सल्लाहकार एवं क्लबका पूर्व अध्यक्ष डा. मोहनकुमार सुवेदी लगायतले डा. पोखरेलको कार्यकालको सफलताको कामना गरे ।

यस्तै, कोशी प्रदेशका पूर्व मन्त्री जीवन घिमिरे र पूर्व सह–परीक्षा नियन्त्रक डा. उद्धव पोखरेलले समेत डा पाेखरेललाई विशेष शुभकामना दिए ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू इन्दु प्रसाईं, कल्पना भेटवालका साथै रवि रोक्का, हिमा मैनाली, राजेश भगत, कञ्चन भगत, गोपाल धिताल, नीरा धिताल र अनिल यादवले लायन्सवाद र सामाजिक सेवाका विविध पक्षमा चर्चा गरे ।

विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लब इन्टरनेसनलको केन्द्रीय कार्यालय अमेरिकामा  छ। नेपालमा हाल लायन्सका डिष्ट्रिक्ट ए, बी र सी गरी तीनवटा क्षेत्रहरू सक्रिय  छन्।

View : 331

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved