विराटनगर । पतञ्जलि योग समिति र महिला पतञ्जलि योग समिति विराटनगर महानगरको संयुक्त आयोजनामा ‘योग नगरी बनाउने अभियान’अन्तर्गत शनिबार १५ जना नयाँ योग शिक्षक (प्रशिक्षक) हरू दीक्षित भएका छन् ।
विराटनगर–४ स्थित दयालु राधाकृष्ण योग साधना केन्द्रबाट सञ्चालित १५ दिने ‘योग शिक्षक तालिम’ पूरा गरी उनीहरू पतञ्जलि योग अभियानमा जोडिएका हुन् ।
दीक्षित हुने नयाँ योग शिक्षकहरूमा कमला तिम्सिना, सुधाकुमारी श्रेष्ठ, सुभज्ञ लोहनी, सुष्मा भट्टराई, निर्जला बस्नेत, रञ्जना ओझा, निता श्रेष्ठ, दीपा तिम्सिना, नवीना कार्की, बद्री प्याकुरेल, विजय चौधरी, भावना बस्ती, सिर्जना खत्री, कल्पना विक र पार्वती देवी छन् ।
दीक्षान्त समारोहका प्रमुख अतिथि राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृतिराज पराजुलीले महानगरलाई योगमय बनाउने अभियानको प्रशंसा गर्दै योग, ध्यान र जडीबुटीसँग महानगरवासीलाई जोड्नु अत्यन्तै सराहनीय कार्य भएको बताए ।
कार्यक्रममा पतञ्जलि योगपीठका आजीवन सदस्य चन्द्रमणि गुरागाईंले देव यज्ञ गराएका थिए ।
त्यसैगरी, पतञ्जलि योग मोरङका महासचिव फणिन्द्र अधिकारी, पतञ्जलि योग मोरङ महिला महासचिव सुवास विष्ट खतिवडा, पूर्वअध्यक्ष ध्रुव तामाङ, निवर्तमान अध्यक्ष सुरेशकुमार अग्रवाल, महानगर महिला अध्यक्ष कुमारी तामाङ तथा महानगर अध्यक्ष माधव अधिकारीले नयाँ योग शिक्षकहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
सहभागीका तर्फबाट बद्री प्याकुरेलले योगको महाअभियानमा जोडिन पाएकोमा खुसी व्यक्त गरेका थिए ।
कार्यक्रमको सुरुमा दयालु राधाकृष्ण योग साधना केन्द्रकी संयोजक लक्ष्मी घिमिरेले योगसम्बन्धी कविता वाचन गर्दै सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई स्वागत गरेकी थिइन् ।
१५ दिने तालिम सफल बनाउन महानगरका उपाध्यक्ष चक्र लुइटेल, प्रशिक्षण विभाग प्रमुख तेजराज कोइराला, महासचिव डी.बी. बस्नेत, संगठन सचिव चुडामणि घिमिरे, सचिव पुष्प प्रसाईं र साधना केन्द्र प्रमुख लक्ष्मी घिमिरेको उल्लेखनीय योगदान रहेको महानगर अध्यक्ष माधव अधिकारीले बताए ।
View : 115
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved