विराटनगर । नेपाली कांग्रेसको जारी १५ औं महाधिवेशनमा मोरङबाट प्रतिनिधित्व गर्ने अधिकांश नेताहरू महाधिवेशनमा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे मोरङ क्षेत्र नं ४ बाट सर्वाधिक मत पाएर महाधिवेशनमा निर्वाचित भएका छन् । घिमिरेले ६४२ मत पाएका छन । यसैगरी मोरङ क्षेत्र नं ४ बाटै कांगे्रस नेता महेश आचार्य पनि दोस्रो सर्वाधिक मतसहित निर्वाचित भएका छन् । उनले ४८१ मत पाए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली ४५१ र विश्वनाथ रिजाल ४४४ मत पाएर निर्वाचित भएका छन् ।
मोरङ क्षेत्र नं ४ बाट मोरङका जिल्ला उपसभापति भक्तिनाथ माझी ४१४, बाबुराजा ओझा ३७१, नन्दकुमार सरदार ३२१, देवराज चौधरी ३४८, दिलिप गच्छदार ३६३ र डम्मर राई ४७५ मत पाएर खुलातर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य इन्दिरा कार्की महिला खुलातर्फबाट ४२६ मत पाएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल मोरङ क्षेत्र नं ५ बाट सर्वसम्मत महाधिवशेन प्रतिनिधिमा निर्वाचित भएका छन् भने अर्का केन्द्रीय सदस्य शिवनारायण सिंह गनगाई मोरङ २ बाट महाधिवेशन प्रतिनिधिमा खुलातर्फबाट निर्वाचित भएका छन् । उनले ३९९ मत पाएका छन् ।
क्षेत्र नं २ को खुलातर्फको निर्वाचनमा रविन राई सर्वाधिक ५३६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । त्यसैगरी यदु विष्ट ४९६, डा. मीनेन्द्र रिजाल ४८७ र मोदराज घिमिरे ४५० मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
त्यस्तै सो क्षेत्रबाट विनोद कार्की ३६७, सुमन कुँवर ३४०, पोस्टबहादुर बस्नेत ३३६, मदन संग्रौला ३३४ र कणैया राजवंशी ३०९ मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए ।
कांग्रेस नेता डा. रिजाल क्षेत्रमै नआई महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।
रिजालले मोरङ क्षेत्र नं २ को पार्टी अधिवेशनमा आफू उपस्थित हुन नसकेकोमा क्षमायाचना गर्दै महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गरेकोमा क्षेत्रका पार्टीका नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन् ।
रिजालले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै संघीय आम निर्वाचनपछि आफू क्षेत्रमा धेरै समय बस्न नसकेको उल्लेख गरेका छन् ।
उनले आफू उपस्थित हुन नसके पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित गरेर आफूहरूप्रति देखाएको विश्वास र सहयोगका लागि क्षेत्रका सम्पूर्ण साथीहरूलाई धन्यवाद दिएका छन् ।
उनले भनेका छन्, ‘साथीहरूसँग भेट्न छिट्टै क्षेत्रमा आउने नै छु ।’ रिजालले मोरङ–२ का पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै आफूलाई विश्वास र सहयोग गरेकोमा हार्दिक आभार व्यक्त गरेका हुन् ।
यसैगरी नेपाली कांग्रेसका कोशी प्रदेश समितिका सहमहामन्त्री खड्ग फागो र मोरङ सभापति डिकबहादुर लिम्बू मोरङ क्षेत्र नं १ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाको निर्वाचन क्षेत्र मोरङ ६ मा भने विवादका कारण क्षेत्रीय निर्वाचन हुन सकेको छैन ।
बुधबार मोरङको सुन्दरहरैंचामा तय गरिएको निर्वाचनका कार्यक्रममा झडप भएपछि त्यहाँको निर्वाचन शुक्रबार मोरङको बुढीगंगामा गर्ने तयारी गरिएको बताइएको छ ।
View : 72
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved