Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

निजीक्षेत्रको हकहित र सहकार्यमा जोड

उद्‌घोष संवाददाता
१५ जेठ २०८३, शुक्रवार

विराटनगर । मोरङ उद्योग व्यापार संघले बुटवल उद्योग वाणिज्य संघको टोलीलाई संघमा स्वागत गरी भेटघाट तथा छलफल गरेको छ ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालको नेतृत्वमा बिहीबार संघमा आएको टोलीलाई संघले कार्यवाहक अध्यक्ष अनिलकुमार साहको सभापतित्वमा एक कार्यक्रमआयोजना गरी स्वागत तथा भेटघाट गरेको थियो । 

कार्यक्रममा दुवै संघ बीचआपसी सहकार्य, निजी क्षेत्रहरूका साझाचुनौती र संघका पैरवीहरूका विषयहरूमा छलफल गरिएको थियो ।

संघका कार्यवाहक अध्यक्ष साहले मोरङ उद्योग व्यापार संघ र बुटवल उद्योग वाणिज्य संघ दुवै नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य रहेको ऐतिहासिक विरासत स्मरण गर्दै आगामी दिनमा समेत दुई संस्थाबीचको समन्वय र द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुनुपर्ने बताएका थिए ।

संघले मुलुकको नीतिगत सुधारमा नेतृत्वदायी भूमिका, पैरवी, बैंक व्याजदर र लोडसेडिङ न्यूनीकरण र उद्योग–व्यवसाय क्षेत्रका लागि आधुनिक एवं प्राविधिक तालिमहरू प्रदान गर्नुका साथै संघको अगुवाइमा विराटनगर–घिनाघाट सडक, विमानस्थल र क्याम्पसको मुख्यप्रवेशद्वार, सहिद रंगशालामा भवन, पूर्वाञ्चल विश्वविद्यालय र फाउन्टेन इको पार्क निर्माण भएको जानकारी दिएका थिए 

कार्यक्रममा मोरङ उद्योग व्यापार संघका वाणिज्य उपाध्यक्ष अनिल सारडाले जीआई वायर उद्योगलाई धरासायी बनाउने सरकारको त्रुटिपूर्ण नीति संशोधन, उच्च बैंक ब्याजदरलाई एकल अंकमा कायम तथा लोडसेडिङ न्यूनीकरणका लागि संघले देशव्यापी सशक्तआन्दोलनको नेतृत्व गरेको जानकारी गराएका थिए ।

त्यसैगरी उद्योग उपाध्यक्ष विकासकुमार बेगवानीले लाखौं उत्पादनहरूमध्ये कुनै एकमा त्रुटी देखिदा, सोही विषयलाई लिएर समग्र उद्योगकै मान–मर्यादा र अस्तित्वमाथि प्रश्न बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले मोरङ उद्योग व्यापार संघले देखाएको न्यानो आतिथ्यता र सहभावप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै संघको ऐतिहासिक र अनुकरणीय कार्यहरूको प्रशंसा गरेका थिए ।

View : 97

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved