Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

बह्रमाकुमारीद्वारा १११ सम्मानित

उद्‌घोष संवाददाता
१८ मंसिर २०८०, सोमवार

विराटनगर : ब्रह्माकुमारी राजयोग केन्द्र विराटनगरले समाजमा महत्वपूर्ण योगदान पुर्‍याउने विराटनगरका १११ जनालाई शनिबार सम्मान गरेको छ ।  सामाजिक, धार्मिक, स्वास्थ्य, शिक्षा, साहित्य, महिला सशक्तिकरण, खेलकुद, प्रकृति कल्याण, जनावर संरक्षण, पत्रकारिता, गीत, संगीतलगायत क्षेत्रबाट सेवा पुर्‍याउनेहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा दीनवन्धु गोयल, वेनीगोपाल मुन्दडा, डा वीरेन्द्रकुमार विष्ट, डा यामबहादुर रोका, राजेश लखोटिया, शिवरतन जोशी, सुरेश अग्रवाल, राजकुमार राउत, कविता बस्नेत (सुवेदी), कविता केशरी, प्राडा जीवन ढकाल, हरिमोहन श्रेष्ठ, हरिबहादुर श्रेष्ठ, सुरेशलाल श्रेष्ठ, नवराज चौधरी, प्रवलदीप विश्वास, महिमा शर्मा पाण्डे, गणेश वज्रचार्य, बहम्देव यादव, इमाम हैदर, हैदर अली छन् । 

यस्तै मणि अर्ज्याल, इन्द्रबहादुर परियार, कमल बस्नेत, दिलबहादुर थेवे, डा रक्षा पन्त, डा सञ्जयकुमार सिंह, लक्ष्मण नेवटिया, सुची चौधरी, ध्रुव तामाङ, डा मीनाक्षी नेपाल, मीना जोशी, सुदर्शन श्रेष्ठ, उत्तम पोखरेल, नगेन्द्र भगत, प्राडा खगेन्द्र आचार्य, सीए अश्विनी बंशल, गणेश पोखरेल, फडिराज नेपाल, कनुलाल चौधरी, जीतेन्द्र राठी (एकल विद्यालय), मेनुका भण्डारी (नर्सिङ क्याम्पस), डा रश्मी थापा लगायत सम्मानित भएका हुन् । 

सम्मानित व्यक्तित्वलाई कोशी प्रदेश प्रमुख परशुराम खापुङ, बह्माकुमारी राजयोग केन्द्र विराटनगरकी प्रमुख गीता, बह््माकुमारी मुख्यालयबाट आएका ईबी गिरिश लगायतले सम्मान गरेको राजयोगी तुलसी उप्रेतीले बताए ।

मानवको व्यक्तित्व विकास एवम् चरित्र निर्माणका लागि राजयोग ध्यानको माध्यमबाट सकारात्मक चिन्तन, जीवन जीउने कला, व्यसन र तनावमुक्ति दिलाउने उद्देश्यका साथ बह्माकुमारी राजयोग केन्द्रले यस्ता क्रियाकलापहरु गरी विश्वभरीका मानिसलाई परिवर्तन गरिरहेको आयोजक विनोद अग्रवालले बताए ।

View : 453

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved