Biratnagar, Morang, Nepal
१३ असार २०८३, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

बिराट मेडिकल कलेजमा नेपालकै पहिलो 'इरेडिएटेड' रक्त सेवा सुरु

उद्‌घोष संवाददाता
१३ असार २०८३, शनिवार

Advertisement

विराटनगर । जब बिरामीलाई सामान्य रगत चढाइन्छ, तब रगत दिने व्यक्तिको रगतमा भएको कोशिकाहरूले रोगीको शरीरको कोशिकाहरूलाई नै ‘विदेशी’ मान्न थाल्छन् । त्यसपछि दाता रगतको कोशिकाहरू बिरामीको शरीरको विरुद्ध लडाई गर्न सुरु गर्छन् ।

यसले रोगीको शरीरमा गम्भीर समस्या र जटिलता सिर्जना गर्छ । तर इरेडिएटेड रगतमा भने विरामीलाई यस्तो समस्या आउँदैन ।

किनभने रेडिएशन प्रविधि प्रयोग गरेर दाता रगतमा भएको लडाकु कोशिकाहरू टी लिम्फोसाइटलाई निष्क्रिय गरिन्छ । त्यसैले दाता रगतको कोशिकाहरू बिरामीको शरीरको विरुद्ध आक्रमण गर्न सक्दैनन् र इरेडिएटेड रगत चढाउ“दा बिरामीमा हुने खतरा टर्ने र सुरक्षित रहने रक्त संचार विशेषज्ञ डा. विपिन नेपालले जानकारी दिए ।

यस्तो प्रविधिलाई नेपालमै पहिलो पटक निजी अस्पतालहरूको तर्फबाट विराट मेडिकल कलेज टिचिङ हस्पिटलले भित्र्याएको दाबी गरेको छ ।

रेडिएशन प्रविधि प्रयोग गरेर रगतमा भएका हानिकारक कोशिकालाई नष्ट गरी तयार गरिएको यो विशेष प्रकारको रगतले क्यान्सरका बिरामी, प्रत्यारोपण आवश्यक परेका तथा गरेका बिरामी र अन्य गम्भीर रोगका रोगीहरूको उपचारमा ठुलो भूमिका खेल्ने जनाइएको छ ।

साथै रगतसम्बन्धि रोग, रक्त क्यान्सरका बिरामी, बोनम्यारो, मृर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामी, जन्मजात इम्युन कमजोर भएका बिरामीहरूलाई यसले प्रत्यक्ष फाइदा गर्ने रक्त क्यान्सर तथा रगत रोग विशेषज्ञ डा. विकास कुमार शाहले बताए ।

अब बिराट मेडिकल कलेजमा उपलब्ध भएको यो सेवाले पूर्वी नेपाल र भारतका बिरामीलाई समेत उपचारमा राहत पुग्ने जनाइएको छ ।

View : 31

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved