Biratnagar, Morang, Nepal
१८ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

बाढीपीडितको सहयोगार्थ बीकेभीएमद्वारा १० लाख प्रदान

उद्‌घोष संवाददाता
१७ भदौ २०८३, बुधवार

Advertisement

विराटनगर । विराटनगर–११ स्थित बालकल्याण विद्यामन्दिर (बीकेभीएम) माविले रसुवा र नुवाकोटमा गएको भीषण बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

विद्यालय परिवारले उक्त रकम ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’ मा जम्मा गरेको हो ।

विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी तथा समग्र विद्यालय परिवारको संयुक्त पहलमा संकलन गरी विपदमा परेका नागरिकलाई सहयोग प्रदान गरिएको हो ।

प्राकृतिक विपत्तिको यस चुनौतीपूर्ण घडीमा प्रभावित क्षेत्रका नागरिकहरूको तत्काल उद्धार र राहतमा टेवा पु-याउने उद्देश्यले आफ्नो सामाजिक एवं मानवीय उत्तरदायित्व वहन गर्दै सहयोग गरिएको विद्यालयका प्राचार्य रविन दाहालले बताए ।

मानवताका लागि सहयोग, हाम्रो प्रतिबद्धता भन्ने मूल मर्मलाई आत्मसात् गर्दै बीकेभीएम परिवारले यो रकम कोषमा दाखिला गरेको उनले जानकारी गराए ।

View : 88

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved