विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरका नेपाली विषयका उपप्राध्यापक अनिल अधिकारीले विद्यावारिधि (पीएचडी) को उपाधि हासिल गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतको डीनको कार्यालयले अधिकारीलाई सो उपाधि प्रदान गरेको हो ।
अधिकारीले नेपाली विषयमा "नेपाली कवितामा विधाभञ्जन" शीर्षकमा आफ्नो शोध प्रबन्ध (डिसर्टेसन) तयार पारेका थिए ।
उनको शोध कार्यलाई त्रिभुवन विश्वविद्यालयले स्वीकृत गर्दै २०८२ चैत ५ मा विद्यावारिधिको उपाधि प्रदान गर्ने निर्णय गरेको थियाे ।
त्रिभुवन विश्वविद्यालयका डीन प्रा.डा डुबीनन्द ढकालद्वारा साेमबार (२०८३ वैशाख १५ गते )हस्ताक्षरित प्रमाणपत्र अनुसार अधिकारीले विद्यावारिधिका लागि आवश्यक सम्पूर्ण प्रक्रिया सफलतापूर्वक पूरा गरेका छन् ।
लामो समयदेखि प्राध्यापन र साहित्यिक अनुसन्धानमा सक्रिय अधिकारीले प्राप्त गरेकाे यो प्राज्ञिक सफलताले महेन्द्र मोरङ क्याम्पस र समग्र विराटनगरको शैक्षिक गरिमालाई थप उचाई दिएको भन्दै प्राज्ञिक वर्गले प्रशसा गरेका छन् ।
उनको यो उपलब्धिप्रति सहकर्मी प्राध्यापक, विद्यार्थी तथा शुभचिन्तकहरूले बधाई एवं शुभकामना व्यक्त गरिरहेका छन् ।
View : 1166
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved