Biratnagar, Morang, Nepal
२४ जेठ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

बहुअपांगता भएका छोरालाई क्रुर व्यवहार गर्ने बाबु उजुरीपछि पक्राउ

उद्‌घोष संवाददाता
२४ जेठ २०८३, आइतवार

विराटनगर । बहुअपांगता भएका सात बर्षीय बालकमाथि क्रुर व्यवहार गर्ने बाबुविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । 

विराटनगर महानगरपालिका–१४ हंसबाहिनी टोलस्थित सुकुम्बासी बस्तीका ४० वर्षीय दिनेश रामले अपांगता भएका छोरामाथि क्रुर व्यवहार गरेका थिए ।

आरोपित बाबु दिनेशविरुद्ध इन्सेक कोशी प्रदेश कार्यालय र राष्ट्रिय अपांग महासंघ नेपालको पहलमा बाबुविरुद्ध इलाका प्रहरी कार्यालय रानीमा उजुरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले जानकारी दिए ।

इन्सेकसहितका संघसंस्थाको पहलमा बालकको उद्धार गरी कोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएको इन्सेकले जनाएको छ । 

सात वर्षीय बालक जन्मिंदै आँखा नदेख्ने, कान नसुन्ने र हिंडडुलसमेत गर्न नसक्ने अवस्थामा रहेका छन् । 

उनलाई उनकै बाबु दिनेशले भने क्रुर व्यवहार गर्दै आएको अपांग महासंघका प्रदेश व्यवस्थापक सरोज नेपालीले बताए ।

पीडित बालककी आमाले अर्कै व्यक्तिसँग विवाह गरेर गएपछि बाबु दिनेश कुलतमा लागेका थिए । 

उनले बालकलाई दिनहुँजस्तै कुटपिट गर्ने गरेको हजुरआमा देवी रामले संघसंस्थाका प्रतिनिधिसमक्ष बताइएकी छन् ।

लागुपदार्थ सेवन गर्दै आएका दिनेशले छोरालाई कुटपिट गर्नुका साथै शरीरका विभिन्न भागमा टोकेर अमानवीय व्यवहार गर्दै आएका थिए । 

त्यसको सूचना पाएपछि शुक्रबार इन्सेकसहितले आरोपितविरुद्ध इप्रका रानीमा उजुरी दर्ता भएको हो ।

आरोपितले छोरालाई निर्घात कुटपिट गर्नुका साथै छातीलगायत शरीरका विभिन्न भागमा दाँतले टोकेर गम्भीर घाइते बनाएको जनाइएको छ । 

कोशी अस्पतालको आकस्मिक कक्षमा प्राथमिक उपचारपछि पीडित बालकलाई पोषणका लागि अस्पतालकै न्यूट्रिसन (पोषण) विभागमा भर्ना गरिएको जनाइएको छ ।

View : 42

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved