Biratnagar, Morang, Nepal
२६ वैशाख २०८१, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

इलाम–२ उपनिर्वाचनः

प्रमुख उम्मेदवारहरु आज अन्तिम चुनावी सभामा

उद्घोष सम्वाददाता
१२ वैशाख २०८१, बुधवार

विराटनगर । इलामको क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि आज बुधबार राती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । त्यसअघि नै प्रमुख र उम्मेदवारहरु बुधबार अन्तिम चुनावी सभामा जुटेका छन् ।

घरदैलो लगायतको प्रचारात्मक कार्यक्रम सकेर उम्मेदवारहरु अन्तिम सभामा जुटेका हुन् ।

नेकपा एमालेले चुलाचुली गाउँपालिका–२ स्वामीचोकमा अहिले चुनावी गरिरहेको छ । सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्दैछन् ।

एमालेबाट सुहाङ नेम्बाङ उम्मेदवार रहेका छन् । उनलाई जिताउने अभियानमा नेकपा माओवादी केन्द्र र नेकपा विप्लवले साथ दिएका छन् ।

स्वामीचोकको सभालाई नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले सम्बोधन गर्दैछन् ।

अन्तिम चुनावी सभामा उपस्थित समर्थक र कार्यकर्ताहरुलाई मनोरञ्जन दिन हास्य कलाकार राजा राजेन्द्र पोखरेलको समेत प्रस्तुती दिंदैछन् । 

नेपाली कांग्रेसले पनि मंगलबार चुलाचुली–४ आइतबारेमा अन्तिम चुनावी सभा गरिसकेको छ । सभालाई महामन्त्री विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालाले सम्बोधन गरेका थिए । 

इलाम–२ मा पहिचान पक्षधरबाट उम्मेदवार बनेका डकेन्द्रसिंह थेगिम पक्षधरले पनि आज आइतबारे मै सभा गरिरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि देउमाई नगरपालिका केन्द्रीत सभा गरिरहेको जनाइएको छ ।

रास्वपाको सभाहरुलाई सभापति एवं गृहमन्त्री रवि लामिछाने लगायतले सम्बोधन गरेका छन् ।

View : 47

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved