विराटनगर । विराटनगर ढुवानी व्यवसायी संघको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मोरङको मिक्लाजुङ–१ स्थित रमिते डाँडामा साधारणसभा सम्पन्न भएको हो ।
संघका संस्थापक अध्यक्ष सुशीलकुमार जोशीले ढुवानी व्यवसायीलाई एकढिक्का बनाउन १७ वर्षअघि संस्था स्थापना गर्दाको क्षण अहिले गर्व गर्न लायक अवस्थामा आइपुगेको बताए ।
उनले राज्यले ढुवानी व्यवसायलाई हेर्ने नजरमा परिवर्तन हुन नसकेको तर्फ भने गुनासो गरे ।
ढुवानी व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष सन्तबहादुर डुम्जनले ढुवानी व्यवसायलाई मर्यादित पेशा बनाएर अगाडि बढाउनुपर्ने बताए ।
संघका सल्लाहकार मेघराज सिग्देलले एक क्षेत्रमा दर्ता भएको व्यवसायले अर्को क्षेत्रमा गएर काम गर्दा त्यस क्षेत्रको व्यवसायी मारमा पर्ने भएकोले यसबारे व्यवसायीहरूले नै विचार गर्नुपर्ने सुझाव दिए ।
ट्रक व्यवसायी संघ इटहरीका अध्यक्ष विद्यापति उपाध्याय, इटहरी ढुवानी एजेन्ट संघका अध्यक्ष केशव गिरी लगायतले ढुवानी व्यवसायलाई व्यवस्थित र सम्मानित पेशाका रूपमा विकास गर्नुपर्ने बताए ।
उनीहरूले ढुवानी व्यवसाय सञ्चालनमा देखिएका कर, सडक यातायात तथा प्रशासनिक झन्झटहरू हटाई व्यवसायलाई सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
संघका अध्यक्ष सोमप्रसाद भट्टराई (शम्भु) को अध्यक्षतामा सम्पन्न साधारणसभाले महासचिव युवराज श्रेष्ठ र कोषाध्यक्ष केशव कार्कीले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत रूपले पारित गरेको जनाइएको छ ।
View : 82
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved