Biratnagar, Morang, Nepal
११ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

नेका विराटनगर–११ मा  भरत क्षेत्री विजयी

उद्‌घोष संवाददाता
१० असोज २०८३, शनिवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत विराटनगर–११ को वडा कार्यसमितिको सभापतिमा भरत क्षेत्री (अधिकारी) विजयी भएका छन् ।

वडा सभापति पदका लागि भएको निर्वाचनमा कुल खसेको २७० मतमध्ये ८ मत बदर भएको थियो। प्राप्त मतपरिणाम अनुसार भरत क्षेत्रीले २०७ मत प्राप्त गरी विजय भए भने  प्रतिद्वन्द्वी मदन बरालले ५५ मत प्राप्त गरे । 

अन्य सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू भने सर्वसम्मत रूपमा चयन भएका छन्। १५ सदस्यीय समितिकाे उपसभापतिद्वयमा सन्तोष श्रेष्ठ र गीता आचार्य, सचिवमा राजेश मल्लिक तथा सह(सचिवमा नरेश थापा छन् ।

त्यसैगरी समिति सदस्यहरूमा देवनारायण साह, गणेश भगत, रञ्जीता राय, राधिका कार्की, अनुषा मण्डल, पूजा सिलवाल विक, देवेन्द्र साह रौनियार, रेशावती रिमाल, सिर्जना कार्की र दुर्गाकुमारी थापा छन् ।

यसका साथै नगर प्रतिनिधि पदमा राजु गुप्ता र संजीता रायमाझी चयन भएका छन् ।

विराटनगर-११ बाट ७१ जना क्षेत्रीय प्रतिनिधि चयन

नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिका वडा नं ११ बाट कुल ७१ जना क्षेत्रीय प्रतिनिधिहरू चयन भएका छन्।  

निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूमा खुलातर्फ २४, महिलातर्फ १३, युवा खुलातर्फ ७, युवा महिलातर्फ १, पेशागततर्फ १ , श्रमिकतर्फ १ जना तथा समानुपातिकतर्फ २४ जना गरी ७१ जना चयन भएका हुन् ।   

खुलातर्फ भरतकुमार रायमाझी, दिपक साह, रामसुन्दर राजवंशी, रामबाबु पासवान, ध्रुवराज कोइराला, लक्ष्मण कोइराला, भविष श्रेष्ठ, बिदुर कार्की, कमलकुमार कार्की, भीम कुँवर, योगराज पोखरेल, अनुजकुमार वाँनिया, शीतल झा, इश्वर कँडेल, मनमोहन थापा मगर, जयकुमार देवकोटा, पन्नालाल सहनी, रूद्रप्रसाद कोइराला सीतारामऽ, प्रकाशराज वर्तोला, अभिषेक श्रेष्ठ, विनोद अधिकारी, रोनाल कँडेल, सन्देश श्रेष्ठ र मनिष गुरूङ छन् ।

महिलातर्फ डा डिला संग्रौला पन्त, नीलमकुमारी उपाध्याय, मन्जु ढकाल, जुनु रायमाझी, रमा बिष्ट, कमला कँडेल, मन्जु श्रेष्ठ वस्नेत, तुल्सा भट्टराई, गायत्री थापा, अञ्जु अधिकारी, निलम चौलागाई, किरण मेहता र आँचल झा छन् । 

यसैगरी युवा खुलातर्फ अर्पण पाण्डे, दिल्साद हुसेन, प्रसिद कार्की, विकान्तकुमार कामत, भानु चेल, रिकेश श्रेष्ठ र कुनाल राई तथा युवा महिलामा जुनिसा राय छन् ।

पेशागत समूहबाट प्रा।डा वलराम पौडेल र श्रमिकबाट सुशीला घिमिरे क्षेत्रीय प्रतिनिधि बनेका छन् ।

समानुपातिकतर्फ खस आर्यबाट विमल पोखरेल, प्रदिप कोइराला, लक्ष्मी भट्टराई, विष्णप्रसाद भट्टराई र कुमारी गिता धिताल सेन छन् । मधेसी समूहबाट ममता साह, ललिता सहनी, मन्जुदेवी साहु तेली, देवनारायण मुखिया, रविशंकर कामत, राजेशकुमार रौनियार, प्रदिपकुमार दास र गीता ठाकुर चयन भएका छन् ।

यस्तै, दलितबाट गेनादेवी पासवान र रमेश पासवान,  आदिवासी जनजातिबाट राजु राई र सुनिता श्रेष्ठ,  मुस्लिमबाट मो रफिक अन्सारी र नम्रता दंगाल खातुन,  थारूबाट देवनारायण चौधरी तथा अल्पसंख्यक कोटाबाट भगवानलाल राय अमात क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् ।

View : 304

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved