विराटनगर । श्रीहरि सत्संग समिती मोरङ जिल्ला समितिद्वारा शनिबार आयोजित निःशुल्क आँखा शिविरबाट स्थानीय लाभान्वित भएका छन् ।
रामलाल गोल्छा आँखा अस्पतालको सहयोग र स्थानीय भजन–कीर्तन मण्डलीको सहयोगमा बुढीगंगा–७ मा रहेको डंग्राहाको पञ्चायत प्राथमिक विद्यालयमा भएको आँखा शिविरबाट स्थानीय लाभान्वित भएका हुन् ।
सो अवसरमा १ सय ९७ स्थानीयको आँखा परीक्षण गरिएको छ । जसमध्ये २२ जनाको मोतियाबिन्दु रहेको पुष्टि भएको छ ।
ती २२ जनाको विराटनगरस्थित रामलाल गोल्छा अस्पतालमा निःशुल्क शल्यक्रिया हुने जनाइएको छ ।
त्यस्तै सो शिविरको आयोजना गरेको शिव शक्ति भजन मण्डलीले शनिबारसहित जम्मा आठवटा शिविर सम्पन्न गरेको छ ।
बुधबार कटहरीमासमेत आँखा शिविर हुने शिवशक्ति भजन मण्डलीका सदस्यले जानकारी दिए ।
View : 125
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved