Biratnagar, Morang, Nepal
२७ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

प्रदेशमा तीन बुँदे कार्यान्वयन गर्न ओली–प्रचण्डको पाँचबुँदे निर्देशन

उद्‌घोष संवाददाता
२७ साउन २०८३, बुधवार

Advertisement

विराटनगर । नेकपा एमाले र नेकपाले प्रदेश सरकारको बाँडफाँटबारे साउन ९ मा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न थप पाँचबुँदे निर्देशन गरेका छन् । 

निर्देशनमा सरकार गठन, मन्त्रालय बाँडफाँट र मन्त्रालय छनोटको आधार उल्लेख गरिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रदेशमा पाँच बुँदे निर्देशन गरेका हुन् ।

सरकार गठन गर्दा सीट संख्यालाई मुख्य आधार बनाउन भनिएको छ । 

प्रदेशमा एमाले र नेकपाबीच सहकार्य गर्दा समेत सरकार गठन हुन नसकेमा सहमतिका आधारमा तेस्रो दललाई समेत सहभागी गराउन र सोही अनुसार मन्त्रालय बाँडफाँट गर्नुपर्ने ओली–प्रचण्डको निर्देशनमा उल्लेख छ ।

पूर्व सहमति अनुसार सरकार गठन गर्न भन्दै ओली र प्रचण्डले संयुक्त हस्ताक्षरमा निर्देशन गरिएको जनाइएको छ । 

त्यसैगरी संघीयताको प्रवर्द्धन, प्रदेशमा राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलचाई तीब्र बनाउन प्रदेश सरकारले न्यूनतम् साझा प्रतिवद्धता निर्माण गरी सार्वजनिक गर्न निर्देशन गरिएको छ । 

सोही आधारमा प्रदेश सरकारले आफ्नो कार्यसम्पादन गर्ने जनाइएको छ ।

यी काम गर्दा आपसी समझदारीलाई सुदृढ गर्दै जाने र सहकार्यलाई दीगो बनाउने उदेश्यलाई ध्यानमा राख्न पनि भनिएको छ ।

View : 34

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved