विराटनगर : ७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर आइतबार विराटनगर महानगरपालिकाले सचेतनामूलक र्याली आयोजना गरेको छ ।
विराटनगर महानगरपालिकाबाट सुरु भएको र्यालीले गोल्छाचोक, जलजलाचोक, ट्राफिकचोक हुादै जनआन्दोलन चोकमा पुगेर समापन भएको थियो ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनसमेत गरिएको थियो । र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मानवअधिकार र लैंगिक हिंसाविरुद्धको अभियानलाई दिवसमा मात्रै सीमित राख्न नहुनेमा जोड दिए ।
उमेयर शिल्पा निराला कार्कीले आत्मादेखि नै हिंसा गर्दिन भन्ने प्रण गर्नु आवश्यक रहेको उल्लेख गर्दै कतै हिंसा देखिए त्यसको प्रतिकार गर्नुपर्नेमा जोड दिइन् ।
र्यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगर प्रहरी, महानगरका कर्मचारी, माइती नेपाल, ओरेक, सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनी, साना हातहरु नेपाल, एबीसी नेपाल, महेन्द्र मोरङ क्याम्पस, विराटनगर नर्सिङ क्याम्पसलगायत एक दर्जनभन्दा बढी संघसंस्थाको सहभागिता थियो ।
View : 444
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved