Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
वातावरण

इलामको जौबारीमा मृत भेटियो पोथी रेडपान्डा

उद्‌घोष संवाददाता
१७ पुष २०८०, मङ्गलवार

इलाम । लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका–५ जौबारीमा मृत अवस्थामा फेला परेको छ ।

स्थानीय  प्रज्वल भट्टराईका अनुसार गैरीबास रोड नजिक वृक्षारोपण गरिएको क्षेक्रमा तारबार गर्ने त्रममा पोथी रेडपाण्डा मृत फेला परेको हो ।

सन्दकपुर गाउँपालिका पशु शाखाका प्रमुख सविन भट्टराईका  अनुसार सो रेडपान्डालाई सन्दकपुर गाउँपालिका पशु सेवा शाखा, सन्दकपुर सव डिभिजन देउराली, चोयाटार सामुदायिक वन उपभोक्ता समिति, प्रहरी चौकी तथा स्थानीयको रोहवरमा शव परीक्षणका लागि भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र इलाम पठाइएको छ ।

जौबारी भारत नजिक पर्दछ । खुला सिमानाका कारण रेडपान्डाको तस्करी हुँदै आएको स्थानीय बताउँछन् ।

इलामको सन्दकपुर गाउँपालिकाको जौबारी, जमुना, चोयाटारलगायत स्थानमा  रेडपाण्डा पाइन्छन् ।

रेडपाण्डा संरक्षाणमा केही संस्था क्रियाशील रहे पनि लक्षित उद्देश्य हासिल नभएको उनीहरूको गुनासो छ । केही समयअघि पनि यहाँ मृत अवस्थामा रेडपाण्डा फेला परेको थियो ।

View : 406

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved