Biratnagar, Morang, Nepal
२७ जेठ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
शिक्षा

विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण

उद्‌घोष संवाददाता
२७ जेठ २०८३, बुधवार

विराटनगर । आदर्श विद्यालय पूर्व विद्यार्थी संघले सो विद्यालयमा अध्ययनरत ४० जना र सरस्वती विद्यालयमा अध्ययनरत १५ जना गरी ५५ जना विद्यार्थीलाई विद्यालय पोशाक तथा विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ । 

आर्थिक रूपमा कमजोर तथा आवश्यकता भएका विद्यार्थीलाई लक्षित गर्दै ती सामग्री वितरण गरिएको संघले जनाएको छ  ।

संघकी अध्यक्ष अञ्जु पराजुलीको सभापतित्वमा भएको सो कार्यक्रममा विराटनगर–९ का वडाध्यक्ष विश्वनाथ भगत, आदर्श विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेल, आदर्श विद्यालय पूर्व विद्यार्थी मिलन केन्द्रका उपाध्यक्ष कृष्ण पोखरेल, विद्यालयका पूर्व शिक्षक जगदिश गौतम, मिलन केन्द्रका पूर्व अध्यक्ष नारायणप्रसाद श्रेष्ठ तथा महिला जागृति केन्द्रकी अध्यक्ष विजेयता अधिकारी  लगायतको उपस्थिति थियो ।

View : 46

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved