Biratnagar, Morang, Nepal
१५ साउन २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरमा शुक्रबार सद्भाव र्‍याली

उद्‌घोष संवाददाता
१४ साउन २०८३, बिहिवार

Advertisement

विराटनगर । शुक्रबार विराटनगरमा सर्वधर्म सर्वदलीय सद्भाव र्‍याली निकालिने भएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङले आयोजना गरेको सर्वदलीय, सर्वपक्षीय भेलाले सो निर्णय गरेको हो ।

मोरङ उद्योग  व्यापार संघको बैठककक्षमा आयोजित भेला मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलको अध्यक्षतामा भएको हो । 

भेलामा विराटनगर महानगरपालिकाका कार्यवाहक मेयर तथा वडा नं. ७ का अध्यक्ष मधुबाबु तिवारी, उर्लावारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल, नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति शक्ति माझी, एमाले मोरङका सचिव सोमराज थापा लगायतले धार्मिक एवं जातीय सद्भाव भड्किन नदिन सद्भाव र्‍यालीको आयोजना गर्नुपर्ने सुझाव दिएका थिए ।

त्यसैगरी नागरिक समाजका तर्फबाट प्राध्यापक कृष्ण पोखरेल, कृष्ण कार्की, हसन अन्सारी लगायतले सामाजिक सद्भाव भड्किन नदिन समाजका अगुवा र विभिन्न धर्मका धर्मगुरुहरुले समन्वयात्मक भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए ।

भेलामा सबै राजनीतिक दल, समाजका अगुवाहरु, उद्योगी व्यवसायी सबै क्षेत्रको प्रतिनिधित्व थियो ।

संविधानसभा सदस्य तथा नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडा, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल शाह, नेपाल उद्योग संगठनका महानिर्देशकलगायत व्यवसायिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बैठकमा सहभागिता रहेको थियो ।

View : 24

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved