विराटनगर । विराटनगर–२ स्थित विराट महेन्द्र रात्री माविबाट यस बर्षको एसईई परीक्षामा ८८ दशमलव ८९ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।
परीक्षामा सामेल भएका ९ जना विद्यार्थीहरू मध्ये ८ जना उतीर्ण भएका हुन् । विद्यालयबाट २.९ जीपीएसहित उतीर्ण भएको जनाइएको छ ।
दिनभरी परिवार र कामको जिम्मेवारी सम्हालेर रातीको समयमा फुर्सद निकालेर यस विद्यालयमा विद्यार्थीहरू पठनपाठन गर्दै आएका छन् ।
विद्यार्थीहरूले रात्रीकालीन अध्ययन गरेर पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएको विद्यालयका प्रधानाध्यापक झंकप्रसाद पराजुलीले बताए ।
विराट महेन्द्र रात्री माध्यमिक विद्यालय रात्री समयमा पढाइ हुने नेपालकै दोस्रो र कोशी प्रदेशको एक मात्र विद्यालय हो । विद्यालयले स्थापनाको ६८ औँ वर्ष पूरा गरिसकेको छ ।
यस विद्यालयको स्थापना औद्योगिक एवं व्यापारिक क्षेत्रका रूपमा विराटनगरको विकास हुँदै गर्दा दिनभर काम गर्ने श्रमिक, कर्मचारी तथा आर्थिक रूपमा कमजोर वर्गका मानिसहरूलाई औपचारिक शिक्षा लिन सहज होस् भनेर भएको थियो ।
विद्यालय हाल माध्यमिक तहको पठनपाठन रात्री सत्रमा भइरहेको छ । यद्यपि विद्यार्थी संख्या भने न्यून रहेको छ ।
विद्यालयले भने विद्यार्थी संख्या वृद्धि गर्न भर्ना अभियान लगायतका गतिविधि बढाउँदै लगेको प्रधानाध्यापक पराजुलीले जानकारी दिए ।
उनले पढाइ बिचैमा छाडेर बसेका, उमेरका कारण विद्यालय जान हिचकिचाएका र कामका कारण पढ्न नपाएकाहरुलाई विद्यालयमा भर्ना भई रात्रीकालीन समयमा पढेर विद्यालय तहको शिक्षा पुरा गर्न आग्रह गरेका छन् ।
View : 300
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved