इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन १२ गतेदेखि लागू गरिएको कर्फ्यु आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले शनिबार जारी गरेको आदेशअनुसार साउन १६ गते बिहान ८ः३० बजेदेखि दैनिक बेलुका ५ बजेसम्मका लागि कर्फ्यु हटाइएको हो ।
यद्यपि, जिल्लाका संवेदनशील क्षेत्रहरूमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा लागू रहने जनाइएको छ ।
निषेधाज्ञा अवधिमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न रोक लगाइएको छ ।
निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा इटहरी उपमहानगरपालिका वडा नं. १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा र दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र तथा भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्र समावेश छन् ।
View : 30
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved