Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

पराजयपछि शेरधन : जन्म र कर्मभूमिप्रतिको दायित्वबाट टाढा हुँदिन

उद्‌घोष संवाददाता
२४ फागुन २०८२, आइतवार

विराटनगर । प्रतिनिधिसभा सदस्यमा पराजित भएका नेकपा एमाले नेता शेरधन राईले आफ्नो जन्मभूमि र कर्मभूमि रहेको भोजपुरप्रतिको दायित्वबाट टाढा नहुने बताएका छन् ।

उनले विगतमा प्रतिनिधिसभा, संविधानसभा तथा प्रदेशसभामा निर्वाचित भएर राष्ट्रिय राजनीतिमा भूमिका खेलेको स्मरण गर्दै सूचना तथा सञ्चार मन्त्री तथा प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दा पनि भोजपुरको विकासका लागि योगदान गर्न सकेको बताएका छन् । 

राईले जिल्लामा विकासका काम अधुरा रहे पनि आफ्नो जन्मभूमि र कर्मभूमिप्रतिको दायित्वबाट कहिल्यै टाढा नहुने उल्लेख गरेका हुन् ।

आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा पनि जिल्लाको विकासका लागि सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।

साथै, निर्वाचन परिणामबाट निराश र विचलित नहुन उनले मतदाता, नेता–कार्यकर्ता तथा समर्थकहरूलाई आग्रह गरेका छन् । 

जनताकै बीचमा रहेर आगामी चुनौती सामना गर्ने दृढतासहित कार्यक्षेत्रमा फर्कन पनि उनले पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

उनले उनले निर्वाचनमा विजयी भएका श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।

View : 140

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved