Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

इन्डोनेसियाको पश्चिमी जाभामा सवारी दुर्घटनामा ४ किशोरको मृत्यु

रासस
७ कार्तिक २०८०, मङ्गलवार

जाकार्ता, ७ कार्तिक : इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको सिआनजुरमा मङ्गलबार बिहान बस ठोक्किँदा कम्तीमा चार किशोरको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार दिउँसो २ः३० बजे पुनककको रिसोर्ट र पर्यटन क्षेत्रतर्फ जाने राजमार्गमा सो बस दुर्घटना भएको हो ।

सियानजुर ट्राफिक प्रहरी प्रमुख अधि प्रसाद्यले स्थानीय सञ्चारमाध्यमलाई बोगोर शहरबाट सियानजुर जाँदै गरेको सो बसमा २४ जना किशोरी सवार रहेको बताएका छन् ।

त्यसैगरी कम्तिमा १६ जना अहिले घाइते भएका छन् र तिनीहरूको नजिकैका अस्पतालमा उपचार भइरहेको छ।

View : 56

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved