फाइल फोटो ।
विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिनुपर्ने भएको हो । कार्कीले मुख्यमन्त्रीका रूपमा विश्वासको मत लिन लागेको तेस्रो पटक हो ।
कांग्रेसले समर्थन फिर्ता लिएसँगै संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट पुनः विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो । त्यसका लागि प्रदेशसभा सचिवालयमा आवश्यक पत्रसमेत दर्ता भइसकेको छ ।
कोशीमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच बनेको सत्ता समीकरणमा रहेका सांसद संख्या ५७ छ । ९३ सदस्यीय प्रदेशसभामा कायम संख्या ९२ छ । कोशीमा एमालेका ४० र नेकपाका १७ सासद छन् ।
प्रदेशसभामा कांग्रेसका २९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सभामुखसहित ५ र जनता समाजवादी पार्टी नेपाल का १ सांसद छन् । कांग्रेसले सरकारलाई दिएको समर्थन भदौ ३ मा फिर्ता लिएको थियो ।
View : 63
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved