Biratnagar, Morang, Nepal
६ असोज २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
प्रविधि

हाजी स्टोर्सको तेस्रो शाखा ‘हाजी मोबाइल्स’ सञ्चालनमा

उद्‌घोष संवाददाता
५ असोज २०८३, सोमवार

हाजी स्टोर्सको तेस्रो शाखा हाजी मोबाइल्सका बारे जानकारी दिंदै सञ्चालक खुर्सिद आलम ।

Advertisement

विराटनगर । विराटनगरमा लामो समयदेखि इलेक्ट्रोनिक्स सामग्रीको कारोबार गर्दै आएको हाजी स्टोर्सले मोबाइल फोनमा केन्द्रित आफ्नो तेस्रो स्टोर सञ्चालनमा ल्याएको छ । स्टोर सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

सन् १९४९ देखि इलेक्ट्रोनिक्स सामग्रीको बिक्री-वितरण गर्दै आएको हाजी स्टोर्सले उपभोक्ताको बढ्दो मोबाइल मागलाई लक्षित गर्दै हाजी मोबाइल्स एण्ड इलेक्ट्रोनिक्स सञ्चालनमा ल्याएको जनाएको छ । नयाँ स्टोरमा विभिन्न ब्रान्डका मोबाइल फोनसँगै मोबाइलका लागि आवश्यक पर्ने एसेसरिज तथा अन्य सामग्रीसमेत उपलब्ध हुने बताइएको छ ।

स्टोरको उद्घाटन हाजी कमर आलमले रिबन काटेर गरेका थिए । हाजी मोबाइल्स एण्ड इलेक्ट्रोनिक्समा विभिन्न मूल्य तथा सुविधाका मोबाइल फोन उपलब्ध हुने सञ्चालक खुर्सिद आलमले जानकारी दिए ।

उनका अनुसार ग्राहकले एउटै स्थानबाट विभिन्न ब्रान्डका मोबाइल तथा आवश्यक सामग्री छनोट गर्न सक्नेछन् । उनले उपभोक्ताको आवश्यकता र बजारको मागअनुसार व्यवसायलाई विस्तार गर्दै लैजाने बताए ।

‘मोबाइल खरिदका लागि ग्राहकलाई विभिन्न विकल्प उपलब्ध गराउने र सहज सेवा दिने उद्देश्यले नयाँ स्टोर सञ्चालनमा ल्याएका हौँ,’ सञ्चालक आलमले भने । मोबाइल फोनको बिक्रीसँगै ग्राहकलाई आवश्यक पर्ने चार्जर, इयरफोन, कभर, स्क्रिन गार्डलगायतका सामग्री पनि स्टोरमा उपलब्ध गराउने तयारी गरिएको उनले बताए ।

विराटनगरमा इलेक्ट्रोनिक्स सामग्रीको कारोबारमा लामो इतिहास बनाएको हाजी स्टोर्सले पछिल्लो समय उपभोक्ताको बदलिँदो आवश्यकता र बजारको प्रवृत्तिअनुसार आफ्नो व्यवसाय विस्तार गर्दै आएको छ । मोबाइलमा मात्रै केन्द्रित नयाँ स्टोर त्यसैको निरन्तरता भएको आलमले बताए ।

View : 134

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved