Biratnagar, Morang, Nepal
१ कार्तिक २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

हेवा खोला ‘ए’ साना जलविद्युत आयोजना अन्तिम चरणमा

उद्‌घोष संवाददाता
३० असोज २०८३, शुक्रवार

Advertisement

विराटनगर । पाँचथरको फालेलुङमा निर्माणाधीन ९.९ मेगावाट क्षमताको हेवा खोला ‘ए’ साना जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । 

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी तथा ह्याबिट्याट पावर कम्पनी लिमिटेडको प्रवद्र्धन गरेको आयोजनाको निर्माण कार्य अन्तिम चरण पुगेको हो ।

तमोर नदीको सहायक नदी हेवा खोलामा निर्मित आयोजना नदी प्रवाहमा आधारित आयोजना हो । २०६.९ मिटरको ग्रस हेड र ६ घनमिटर प्रति सेकेन्ड पानीको बहाव रहने गरी निर्माण गरिएको आयोजनाको अधिकांश संरचना निर्माणको अन्तिम चरणमा रहेको जनाइएको छ ।

गत बर्षको हेवा खोलाको बाढीले आयोजनाको हेडवक्र्स र पावरहाउस लगायतमा क्षति पु¥याएका कारण आयोजनाको सम्पन्न हुने अवधि एक वर्षपछि धकेलिएको थियो । 

आयोजनाले क्षति भएका संरचनाको पुनर्निर्माणको कामलाई तीव्रता दिएका कारण आयोजना सम्पन्न हुने चरणमा पुगेको प्रवद्र्धक कम्पनीले जनाएको छ ।

हाल पावर हाउसको फिनिसिङ, मेसिनरी जडान तथा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने प्रसारण लाइन निर्माणको कार्यसमेत अन्तिम चरणमा पुगेको छ । 

यो आयोजना सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि नेपालको उर्जा क्षेत्रमा थप टेवा पुग्ने र स्थानीयस्तरमा उर्जा आपूर्ति अझ सुदृढ हुने विश्वास लिइएको हो ।

जलविद्युत उत्पादनका लागि ठूलो सम्भावना रहेको पाँचथरमा यसअघि नै पाँचथर पावर कम्पनीद्वारा प्रवद्र्धित १४.९ मेगावाट क्षमताको ‘हेवा खोला ए जलविद्युत आयोजना’ निर्माण सम्पन्न भइसकेर व्यवसायिक उत्पादनमा छ ।

View : 30

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved