Biratnagar, Morang, Nepal
२८ जेठ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

रास्वपा कोशी प्रदेश अधिवेशन, मतगणना जारी

उद्‌घोष संवाददाता
२८ जेठ २०८३, बिहिवार

Advertisement

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी रहेको छ । 

मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा जारी पहिलो प्रदेश अधिवेशन अन्तरगत बुधबार राती मतदान सम्पन्न भएको थियो ।

नौ सय बढी प्रतिनिधि रहेको प्रदेश अधिवेशनमा मतदान लम्बिंदा झण्डै केही प्रतिनिधिहरूले मतदान गर्न पाएनन् । 

प्रदेश महामन्त्री एवं सुनसरीका प्रतिनिधि सभा सदस्य लालबिक्रम थापाका अनुसार निर्वाचनमा ७०२ मत खसेको छ । उनले खसेको मतको गणना जारी रहेको जानकारी दिएका छन् ।

सभापति पदका लागि मोरङका चन्द्र बहादुर राई, तेह्रथुमका डा. खगेन्द्र कटुवाल, झापाका चन्द्र बहादुर गौली र वर्तमान सभापति गोमा तामाङ प्रतिष्पर्धी छन् ।

View : 80

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved