Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

राहत शिक्षक समिति सोलुको अध्यक्षमा खगेन्द्र

उद्‌घोष संवाददाता
१ पुष २०८०, आइतवार

सोलुखुम्बु । नेपाल राहत शिक्षक समिति सोलुखुम्बुको चौथो जिल्ला अधिवेशनबाट खगेन्द्रराज बस्तोलाको अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन भएको छ । 

शनिबार सल्लेरीमा सम्पन्न अधिवेशनले उपाध्यक्षद्वयमा रामबहादुर बस्नेत र रत्नकुमारी शर्मा, सचिवमा दिनेश फुयाल, सहसचिवमा विनोद बस्नेत र कोषाध्यक्षमा गंगा राउत बस्नेत छन् । 

त्यसैगरी सदस्यहरू गोसाई चौधरी, खेमराज कट्टेल, सत्माया राई, यादव आचार्य, चनीमाया राई, विष्णुकुमार मगरलगायत चयन भएका छन् । 

कार्यक्रममा पूर्व सामाजिक विकासमन्त्री बुद्विकुमार राजभण्डारी, राहत शिक्षक समाति कोशीका अध्यक्ष गुरु अधिकारी, महासचिव रविन मैनाली लगायतले नयाँ समितिलाई बधाई तथा शुभकामनासहित संघीय शिक्षा ऐन जारी गर्न संघीय सरकारलाई घचघच्याउने बताए । 
 

View : 522

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved