Biratnagar, Morang, Nepal
२१ असार २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

रोटरी क्लबमा शिव अधिकारीको नेतृत्वमा ‘दिगो प्रभाव’ को यात्रा आरम्भ

उद्‌घोष संवाददाता
२१ असार २०८३, आइतवार

Advertisement

विराटनगर  ।  विराटनगरको सामाजिक सेवामा विशिष्ट पहिचान बनाएको रोटरी क्लब विराटनगरले नयाँ नेतृत्व पाएको छ।

रोटरियन शिवप्रसाद अधिकारीको अध्यक्षतामा गठित नयाँ कार्यसमितिले ‘दिगो प्रभाव सिर्जना’ गर्ने मूल मन्त्रका साथ आफ्नो कार्यकालको औपचारिक थालनी गरेको छ।

स्थापनाको पाँचौं दशकमा प्रवेश गर्दै गर्दा क्लबले मानवीय सेवा र सामाजिक रूपान्तरणका क्षेत्रमा थप उचाइ हासिल गर्ने प्रतिबद्धता जनाएको छ।

 

अधिकारीको नेतृत्वमा रहेको यस नयाँ टिमलाई संस्थागत रूपमा गतिशील बनाउन महत्त्वपूर्ण जिम्मेवारीहरू बाँडफाँड गरिएका छन्।

कार्यसमितिको प्रथम उपाध्यक्षमा दिनेश गर्तौला, सचिवमा नन्ददीप अग्रवाल, सहसचिवमा दीपक गौतम, कोषाध्यक्षमा चन्द्रमणि रिजाल, सहकोषाध्यक्षमा प्रवीण अग्रवाल र सचेतकको भूमिकामा प्रभु तोदी छन् ।

यसका साथै, निवर्तमान अध्यक्ष ठाकुरप्रसाद आचार्य र प्रस्तावित अध्यक्ष बिनिता कुन्डलिया धाडेवाले कार्यसमितिमा रही नेतृत्वलाई मार्गनिर्देशन प्रदान गर्नेछन् ।

  क्लबका विभिन्न आयामलाई थप चुस्त बनाउन विज्ञ संयोजकहरू तोकिएका छन्।

जसमा सदस्यता विस्तारका लागि नरेश राठी, जनसम्पर्कमा विकास बेगवानी, रोटरी कोषमा विनोद अग्रवाल, युवा समितिमा अमित सिंघल, सामाजिक परियोजनामा सौरभ पोखरेल, क्लब प्रशासनमा डा. अङ्किता राठी, सामाजिक कार्यमा सोनम मण्डल र महिला सशक्तिकरणमा विन्दिया कार्कीले नेतृत्व गर्जेछन् ।

सूचना प्रविधिको क्षेत्रमा अमिष रेग्मी र ‘आदर्श पुस्तकालय’ को व्यवस्थापनमा सुरेन्द्र गोल्छाले आफ्नो विशेषज्ञता प्रस्तुत गर्नेछन् । 

क्लबको गरिमालाई उच्च राख्न सल्लाहकारको भूमिकामा शिवरतन जोशी, नवीन रिजाल, नन्दकिशोर राठी र मनोजविक्रम साह  छन्।

त्यस्तै, क्लबका मार्गदर्शकत्रयमा वेनीगोपाल मुन्दडा, प्रा.डा. बिजु थपलिया र कविन श्रेष्ठ  छन्  भने प्रशिक्षण तथा सहजकर्ताको भूमिकामा बद्री कटुवाल र कमल अग्रवाल तथा सम्पादकमा कुमार पृथुले कार्यभार सम्हाल्ने छन् ।

 

सेवाको सुरुवात र प्रतिबद्धता

अध्यक्ष पदको शपथ ग्रहण गर्दै अध्यक्ष शिवप्रसाद अधिकारीले आगामी दिनमा आदर्श पुस्तकालयको व्यवस्थापन, महिला सशक्तीकरण, युवा सेवा र स्थानीय स्तरका वृहत् सामाजिक विकासका योजनालाई विशेष प्राथमिकताका साथ अघि बढाउने उद्घोष गरे ।

नयाँ कार्यसमितिले कार्यभार सम्हालेको क्षणलाई स्मरणयोग्य बनाउँदै दुई वटा ह्वीलचेयर वितरण गरी मानवीय सेवाको कार्य शुभारम्भ गरेको छ।

लामो समयदेखि विराटनगरको सामाजिक विकासको पर्याय बनेको रोटरी क्लबले यो नयाँ नेतृत्वसँगै मानवीय सेवाको अभियानमा थप गतिशीलता र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ।

View : 196

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved