Biratnagar, Morang, Nepal
१८ असार २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

नेप्से परिसूचकमा ४४ अंकको वृद्धि

उद्‌घोष संवाददाता
१७ असार २०८३, बुधवार

Advertisement

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार उच्च अंकले बृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ५९ अंकले उकालो लागेर दुई हजार ६५२ दशमलव ९३ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ७७ अंकले उकालो लागेर ४५८ दशमलव ५७ मा पुगेको छ ।

कूल ३६२ कम्पनीको ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर तीन अर्ब ८६ करोड ११ लाख ८३ हजार चार सय १० मूल्यमा खरिद बिक्री भएको छ ।

सबै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कारोबारका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा छ ।

रिलायन्स स्पिनिङ मिल्स, आँखु खोला जलविद्युत् कम्पनी, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट र एनआइएमबी डिवेञ्चर २०९० शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, स्नो रिभर लिमिटेड, सिवाइसी नेपाल लघुवित्त, भुजुङ हाइड्रोपावर, कुर्थली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।

यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, एनएमबी डिवेञ्चर, धौवागिरी लघुवित्त, अप्पर स्याङ्गे हाइड्रोपावर र महालक्ष्मी डिवेञ्चरका लगानीकर्ताले भने गुमाएका छन् । बुधबारको कारोबारमा २५२ कम्पनीको शेयर मूल्य बढ्दा १७ कम्पनीको मात्रै घटेको छ । यस्तै, छ वटा कम्पनीको भने कुनै परिवर्तन भएन ।

View : 49

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved