Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
वातावरण

बेलबारीमा जंगलमै हात्तीको आहार जुटाइदै

उद्‌घोष संवाददाता
१० पुष २०८०, मङ्गलवार

Advertisement

सुन्दरहरैंचा । बेलबारी–११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी सामुदायिक वन उपभोत्ता समूहले हात्तीलाई बस्तीमा पसेर उपद्रो मच्चाउन रोक्ने उद्देश्यका साथ जंगलमै आहारा जुटाइदिन थालेको छ ।

दैनिक रुपमा हात्तीले बस्तीमा पसेर किसानले लगाएको अन्नबाली नष्ट गर्नुका साथै भौतिक संरचनाहरु समेत नष्ट गर्न थालेपछि क्षति रोक्न हात्तीलाई जंगलमै खाना उपलब्ध गराउने लक्ष्यका साथ सयौं घरी केराहरु खोजी गरी जंगलमा लगेर राखिदिएको समूहका अध्यक्ष सुजय गौतमले जानकारी दिए ।

गौतमका अनुसार करिब २५ हजार बराबरको केरा खरिद गरी जंगलमा लगेर राखिएको हो ।

View : 666

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved