विराटनगर । मोरङको ग्रामथान–७ मा निर्माणाधीन ज्येष्ठ नागरिक ग्रामको कामलाई तीव्रता दिने उद्देश्यसहित कृष्णप्रसाद भण्डारी (मार्सेली) को संयोजकत्वमा नौ सदस्यीय सरोकार समिति गठन गरिएको छ।
समितिको सह–संयोजकमा मणिकुमार अर्याल तथा सदस्यहरूमा सुरबहादुर श्रेष्ठ, गणेशप्रसाद तिम्सिना, यज्ञप्रसाद शर्मा, रमानाथ भट्टराई सुरेशकुमार श्रेष्ठ, तारानाथ भट्टराई र केदार कार्की (सम्झनाचोक) छन्।
ज्येष्ठ नागरिक बौद्धिक मञ्च नेपालको आयोजनामा सोमबार विराटनगर-५ स्थित कार्यालयमा बसेको बैठकले ज्येष्ठ नागरिक ग्राम निर्माणका लागि समन्वय र आवश्यक दबाब सिर्जना गर्न ‘ज्येष्ठ नागरिक ग्राम सञ्चालन सरोकार समिति’ गठन गरेको हो।
बैठकले प्रदेश सरकारको पहलमा वि.सं. २०७५ सालमा मोरङको ग्रामथान–७ मा सुरु गरिएको ज्येष्ठ नागरिक ग्राम परियोजना हाल अलपत्र अवस्थामा रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।
पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे, त्रिलोक न्यौपाने, मीना जोशीलगायतका अगुवाहरूको उपस्थितिमा बसेको बैठकले उक्त परियोजनाको काम सुचारु गराउन सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
प्रदेश सरकारको स्वामित्वमा रहेको सो परियोजनालाई तत्काल पूर्णता दिन सरोकार समितिले अब सरकारी तथा सरोकारवाला निकायहरूसँग पहल थाल्ने निर्णय गरेको छ।
View : 91
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved